
Unsku
pku
Rgp
Lnp
Sgr
Pbu
Ggp
Srbpu
Rgp1

Vor
Hal
Ksm
Sls
Pvg
Rgs
Rsb
Ssm
Sbs
Rgu
Asm
Gst
nsb
Ggd
Wsp
Bbbpu
Rgu
Bbu
Tsm

Abd
Jmb
Rpp
Gsb
Mks
Bml
bbt
Jmb
Ptm
Syp
Rmb
sab
Pls
दाङ । हामीले राज्यलाई कर तिरेर ब्यवसाय गरेका छौं तर गढवा र राजपुरका कैयन गाउँहरुमा ब्यवसाय दर्ता नगरेर तथा राज्यलाई कर नै नतिरेर ब्यवसाय सञ्चालन भएका छन् ।
नियमन गर्ने निकायहरु मौन भएपछि हामी कर तिर्नेलाई मार परेको छ– गढवाका स्थानीय ब्यवसायी तिलक बहादुर पुनले कर कार्यालय तुलसीपुरका प्रमुखलाई ध्यानाकर्षण गराउनु भयो । राज्यलाई कर छलेर ब्यवसाय गर्नेहरुलाई सम्बन्धित निकायले अनुगमन गरेर नियमन गर्न जरुरी भएको गढवा ६ का ब्यववसायी दिनमणि आचार्यले कर अधिकृतसंग गुनासो गर्नु भयो ।
थोक ब्यवसायीहरुले खुद्रा ब्यवसायीहरुलाई जथाभावी बिल बिजक जारी गरेर मिसम्याचमा पार्ने गरेको खुद्रा ब्यवसायीहरुले गुनासो गरे । गाउँघरमा ब्यवसाय दर्ता नगरी राज्यलाई कर नतिरेरै ब्यवसाय गरेका हुन्छन् तर नियमन गर्ने निकायहरु कर कार्यालय र उद्योग बाणिज्य संघ बेखबर जस्तै छन्–मंगलबार गढवामा आयोजित कार्यक्रममा ब्यवसायीहरुले नियमनकारी निकायको ध्यानाकर्षण गराएका हुन् ।
हामी ब्यवसायीहरुले स्थानीय सरकार,घरेलु कार्यालय,आन्तरीक राजश्व कार्यालय अझ नभएर उद्योग बाणिज्य संघ लगायतका निकायहरुमा कर बुझाउने र ब्यवसाय नविकरण गर्नु परेको छ । राज्यलाई दोहोरो तेहेरो कर बुझाउनु पर्दा आर्थीक मन्दीले लपेटीएका ब्यवसायीहरुले कर कार्यालयसंग आफूहरु पलायन हुने अवस्थामा आएको गुनासो गरे । आन्तरीक राजश्व कार्यालय तुलसीपुरको आयोजना र गढवा उद्योग बाणिज्य संघको समन्वय सहकार्यमा मंगलवार देउखुरीको गढवामा आयोजना गरिएको १२ औं राष्ट्रिय कर दिवस तथा कर सप्ताहको कार्यक्रममा स्थानीय ब्यवसायीहरुले कर कार्यालय र उद्योग बाणिज्य संघसंग गुनासो गर्दै सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराएका हुन ।
कार्यक्रममा बोल्दै आन्तरीक राज्श्व कार्यालय तुलसीपुरकान प्रमुख टिकाराज चौलागाईले कर प्रशासन र करदाता बिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो । राज्यलाई कर तिर्नु सबै ब्यवसायीहरुको कर्तब्य भएको भन्दै कर अधिकृत चौलागाईले दर्ता नगरेर तथा राज्यलाई कर नतिरेर गैह्र कानूनी ढंगले ब्यवसाय गर्न कसैलाई छुट नहुने बताउनु भयो । यस्तो अवस्थामा जसले जहाँ ब्यवसाय गर्छ हामीलाई वा उद्योग बाणिज्य संघलाई गोप्य ढंगले खबर गर्नुस हामी कडा ढंगले नियमन गर्ने छौं–कार्यालय प्रमुख चौलागाईले भन्नुभयो ।
त्यस्तै स्वच्छ,पारदर्शी र प्रबिधि मैत्री कर प्रशासन, सामाजिक न्याय आर्थिक समृद्धि र शुसासन भन्ने मूल नाराका साथ नेपाल सरकारले १२ औं राष्ट्रिय कर दिवस मनाई रहेको छ ।
गढवा उद्योग बाणिज्य संघका अध्यक्ष ओंम प्रकाशह बस्यालको अध्यक्षता र कर कार्यालय तुलसीपुरका प्रमुख टिकाराज चौलागाईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कर अधिकृतहरु प्रेम बहादुर सुनार,खिमलाल पुन,गढवा उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष खिम बहादुर बुढा मगर, निवर्तमान सल्लाहकार उमाकान्त पन्त,नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपसमितिका सदस्य रामदास यादव र गढवा होटल ब्यवसायी संघका अध्यक्ष दयाराम थापा लगायतले बोल्नु भएको थियो । संघका पुर्व अध्यक्ष रविलाल आचार्यको स्वागत मन्तब्यबाट आरम्भ भएको कार्यक्रमको सञ्चालन महासचिव सन्दिप अधिकारीले गर्नुभएको थियो ।

