
Ggp
Rgp
Lnp
Pbu
Rgp1
Sgr
pku
Srbpu
Unsku

Hal
nsb
Ksm
Ggd
Rgu
Rgs
Vor
Sbs
Wsp
Bbbpu
Pvg
Rsb
Asm
Bbu
Ssm
Rgu
Sls
Tsm
Gst

Gsb
Rpp
bbt
Syp
Abd
Pls
Ptm
Jmb
Rmb
Jmb
sab
Mks
Bml
दाङ । तुलसीपुरमा एकैघरका दाजु-भाइ मृत अबस्थामा फेला परेका छन् ।
सोमबार बेलुका ६ बजे तुलसीपुर उपमहानगर पालिका वडा नम्बर १६ डोक्रेना घर भइ तुलसीपुर-६ गाइडहरमा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र उनका भाइ ३० वर्षीय टेकबहादुर बस्नेत कोठाभित्र मृत्त अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ठाकुर प्रसाद पोख्रेलले जानकारी दिनु भयो ।
त्यस्तै डिएसपी पोख्रेलका अनुसार घटनाको प्रकृति हेर्दा आत्महत्या गरेको देखिन्छ । उनी दुवै दाजुभाईले पारिवारीक समस्याका कारण विष सेवन गरेको प्रहरीको अनुमान छ । उनीहरु बस्ने घरमा कोही पनि नबस्ने भएकोले कहिले विष सेवन गरे भन्ने एकिन नभएको डिएसपी पोख्रेलले बताउनु भयो ।
सबै झ्यालढोका बन्द देखेपछि पछाडिको निकासद्वारको ग्रिलको पल्ला खोलेर हेर्दा दाजुभाइ मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
त्यस्तै मृत्तक पूर्णबहादुर बस्नेतका श्रीमती रुकुम माइतबाट सोमबार राति मात्र आएको र टेकबहादुर बस्नेतका परिवार भारतबाट आउदै गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता (डिएसपी) जनक बहादुर मल्लले जानकारी दिनु भयो ।
यस्तै अहिले मृतकको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ । उक्त घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।
