
Lnp
Rgp
Ggp
Srbpu
Sgr
Unsku
Pbu
Rgp1
pku

Asm
Ksm
Sls
Sbs
nsb
Hal
Gst
Rsb
Ssm
Rgu
Rgs
Pvg
Vor
Wsp
Bbu
Bbbpu
Tsm
Rgu
Ggd

Rmb
Syp
Abd
Jmb
Mks
bbt
Pls
Gsb
Bml
Ptm
Jmb
Rpp
sab
दाङ । राजपुर गाउँपालिका वडा नम्बर १ रसरी खोलामा पन्चमी मेला तथा सांस्कृतिक कार्यक्रम र भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ ।
मेला व्यवस्थापन समितिका अध्यक्ष सन्जु बिकको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले गाउँपालिकाद्वारा कक्षा १२ सम्म नि:शुल्क शिक्षा प्रदान गरिसकेको हुँदा अब कोहिपनि निरासिनु नपर्ने बताउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष बुढाथोकीले कक्षा १२ सम्म गाउँपालिकाले नि:शुल्क पढाउने जिम्मा लिएको हुँदा कोहीपनि अभिभावकहरुले चिन्ता लिनु नपर्ने बताउनु भयो ।
त्यस्तै उहाँले राजपुर गाउँपालिकाद्वारा विगतमा बाटोघाटोका लागि निर्माण गरिएका संरचनाहरु दीगो नभएको हुँदा पुनः ती गरिएका योजनाहरु भत्काएर दीगो रुपमा गरिरहेको समेत बताउनु भयो । अहिले हामीले गाउँपालिका भित्रका बाटाहरु निर्माण गर्ने र शिक्षा,स्वास्थ्य,कृषि लगायतका क्षेत्रमा क्रमशः कार्य गर्दै महिलाहरुलाई उद्यमी बनाउनको लागि तालिमसंगै सीपहरु सिकाइरहेका छौं अध्यक्ष बुढाथोकीले भन्नु भयो । यस्तै अध्यक्ष बुढाथोकीले राजपुर गाउँपालिका भौगोलिक हिसाबले दाङ जिल्लाको सबैभन्दा ठुलो रहेको र कार्य गर्नपनि कठिनाइ रहेकोे बताउनु भयो ।
आफू नेपाली काङ्ग्रेसबाट २०७३ सालमा साबिक बेला गाविसको सभापति हुँदा रसरी खोला आउने बाटोको ट्रायाक खोलेको स्मरण गर्दै पालिकाबाट हुने सबै विकासका कार्यहरु क्रमशःगरिने बताउनु भयो । अध्यक्ष बुढाथोकीले विशेष राजपुर गाउँपालिका भित्र रहेका सुकुम्बासी तथा भुमीहिनहरुका लागि निस्सा वितरण भैसकेको र र अब लालपुर्जाका लागि जग्गा नापजाँचको कार्यहरु पनि अघि बढाएको बताउनु भयो । उहाँले जनप्रतिनिधिहरु शाशक नभएर सेवक भएर काम गर्ने बताउनु भयो ।
त्यस्तै वडा नम्बर १ का वडा अध्यक्ष सुर्यप्रसाद चौधरीले आफ्नो वडा भित्र महिलाहरुलाई उद्यमशील बनाउनका लागि बाख्रा पालन,कृषि कार्य गर्न र विभिन्न सीपहरु सिकाइ रहेकोे बताउनु भयो । वडा अध्यक्ष चौधरीले अहिले वडामा ५ वटा होम स्टेयहरु दर्ता गरेर संचालन गरिरहेको बताउनु भयो ।
यसैगरी उहाँले कोइलाबासदेखि सुकुली नाकाको भुर्कुटासम्मका लागि बाटो निर्माणका लागि ८० लाख बजेट विनियोजन भैसकेको समेत जानकारी दिनु भयो । त्यस्तै भुमिहिन तथा सुकुम्बासीहरुका लागि निस्सा वितरण गरेको र अमिन समेत खटाएको बताउनु भयो ।
त्यस्तै कार्यक्रममा समाजसेवी टोपेन्द्र खनालले राजपुरको १ नम्बर वडा अन्य वडाको तुलनामा धेरै बिकट भएकोले बाटो मर्मत गर्दा डोजर हिडन सक्ने मात्र बाटो निर्माण नगरी अन्य यातायातका साधन सहजै चल्न सक्ने खालको गुणस्तरयुक्त बाटो निर्माण हुनुपर्ने , वडा तथा गाउँ पालिकाका जनप्रतिनिधिहरुले कुनै पुर्वाग्रह नराखी सबै नागरिकलाई नियमानुसार समान तरिकाले सेवा दिने बाताबरण सृजना गर्नुपर्नेमा वडा अध्यक्ष तथा पालिका अध्यक्षलाई ध्यानाकर्षण गराउनु भयो भने स्थानीय सरकार नेतृत्वको जिम्मामा मात्र राजपुरलाई छोडने,अन्य सबै आफ्नो जिम्मेवारीबाट पन्छिने हो भने राजपुर गाउँपालिका नै धरापमा पर्न सक्ने कुराको संकेत प्रदान गर्नु भयो ।
कार्यक्रममा समाजसेवी देविराम सुनारले विकासको हकमा खोला,नाकालाई देउखुरीको भूगोलसंग तुलना नगरेर कार्य गर्नु पर्ने बताउनु भयो । त्यस्तै सुनारले आगामी दिनमा स्थानीय सरकारले पालिका भित्र रहेका विभिन्न विकास निर्माणका कार्यहरु दीगो रुपले गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
रामेश्वरी सामुदायिक वन उपभोक्ता समुहको सहयोग तथा सरस्वती युवा क्लबको आयोजनामा संचालन भएको मेला तथा कार्यक्रममा भलिबल प्रतियोगिता तर्फ राजपुर-१ माररी खोला प्रथम र सोही वडाको पटौली नाका दृत्य,आयोजकको बि टिम तृतीय भएको छ ।
उक्त गाउँमा रहेको आमा समुहका अध्यक्ष सुमित्रा बुढाको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन राजपुर गाउँपालिका वडा नम्बर १ का दलित तथा महिला वडा सदस्य भिम कुमारी सुनारले गर्नु भएको थियो ।

