तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका आइतबार, मंसिर ०३, २०८०

दाङ । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका कमिटीले २ नं. वडा कमिटीका अध्यक्ष लाल बहादुर चाैधरीकाे आमा स्व.रामजानकी चाैधरीको ९ औं दिनको पुण्य तिथिको अवसर पारि श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न गरेको छ ।

राप्ती गाउँपालिका वडा नम्बर २ कठाह निवासी ७१ वर्षिय स्व. चाैधरीको निवासमा श्रद्धाञ्जली सभा कार्यक्रम भएको हो ।

श्रद्धाञ्जली सभा कार्यक्रम पार्टीका राप्ती गाउँपालिका कमिटी अध्यक्ष नारायण शर्माको अध्यक्षता एवम् नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका सचिव कृष्ण अधिकारी ‘प्रकाश’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

साे अवसरमा बोल्दै प्रमुख अतिथि अधिकारीले स्व. चाैधरीले पार्टी भूमिगत हुदा देखि नै पार्टीको हरेक गतिविधिमा सहयोग गर्ने गरेको स्मरण गर्दै समाज रूपान्तरमा उहाँको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । चाैधरीको निधनले सिंगो पार्टी पंक्तिलाई अपूर्णीय क्षति पुगेको अधिकारीले बताउनुभयो।

साथै सहभागीहरुले उहाँको निधनप्रति दु:ख व्यक्त गर्दै मृतक प्रति श्रद्धाञ्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत प्रकट गर्नु भएको थियो ।

सभामा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट ,पार्टीका जिल्ला समन्वय समिति सदस्य श्यामेस चाैधरी,वडा नं.२ का वडा अध्यक्ष तथा राप्ती गाउँपालिकाका प्रवक्ता पहलवान चाैधरी ,वडा नं.९ का अध्यक्ष रिम बहादुर सुनारी,पार्टीका गाउँपालिका कमिटीका उपाध्यक्ष रण बहादुर पुजाली,तुला गिरी,काेषाध्यक्ष जगत थापा,हिमा पुरी,सरस्वता पाेख्रेल,तिलक अधिकारी लगायतकाे सहभागीता रहेको थियो ।

त्यस्तै स्व. चाैधरीको जीवनीका बारेमा उहाँका छाेरा लाल बहादुर चाैधरीले जानकारी गराएकाे कार्यक्रमको सञ्चालन पार्टीका राप्ती गाउँपालिका कमिटी सचिव बसन्त नेपालीले गर्नु भएको थियोे ।
स्व. चाैधरीकाे गत कार्तिक २५ गते ७१ वर्षको उमेरमा आफ्नै निवासमा निधन भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]