
Pbu
Ggp
Unsku
Srbpu
Rgp
Lnp
Sgr
Rgp1
pku

Rsb
nsb
Ksm
Rgu
Ggd
Rgs
Gst
Bbbpu
Bbu
Asm
Wsp
Rgu
Tsm
Ssm
Sbs
Sls
Pvg
Vor
Hal

Bml
Abd
Ptm
Rpp
sab
bbt
Jmb
Syp
Mks
Pls
Rmb
Gsb
Jmb
दाङ । दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको १५औं साधारणसभा तथा ८ औं अधिबेशन शनिवार लमहीमा सम्पन्न भएको छ ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका दाङ जिल्ला उद्योग बाणिज्य संघको अध्यक्ष वसन्त जोशीले फोटोग्राफर एसोसिएसनलाई सहयोग गर्न तयार रहेको बताउँदै अहिलेको अबस्थामा आर्थिक मन्दिको कारण धेरै व्यवसायी पलायन भएको हुँदा यसको समस्या समाधान गर्न आफूहरू लागि रहेको भन्दै पछिलो समयमा बैंकको ब्याजदर केही हतसम्म घटेपनि यसलाई सिगंल अंकमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रमुख अतिथि जोशीले भनुभयो `अहिलेको युग प्रबिधि युग भएको हुँदा फोटोग्राफर प्रबिधिसँगै चल्न सकेमात्र फोटोग्राफर व्यवसायी फस्टाउन सक्छ ।´
नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगालले फोटोग्राफर व्यसायी धरापमा गरिहेको अबस्थामा किराना, मोबाइल पसल लगायतमा फोटो सम्बन्धि कारोबार गरेको पाइएको छ यसलाई रोक्न हामी सबै लाग्नुपर्ने बताए । साथै दाङ लगायत नेपाल भरी सार्बजनिक स्थलमा सेन्डिकेट लगायर फोटोखिच्न रोकिनु गलत भयो भन्दै यो समस्या स्थानीय सरकार देखि केन्द्र सम्म गएर समाधान गर्नु पर्ने उल्लेख गरे ।
समाजिक अभियन्ता मधब केसि, काठमाडौ फोटोग्राफर निवर्तमान अध्यक्ष डिगम्बर राजबंशी, काठमाडौ फोटोग्राफर सचिव रेशम राज पण्डित , मोबाईल डिलर एसोसिएसनका अध्यक्ष भिमसेन डांगी , बर्दिया फोटोग्राफर एसोसिएसनका अध्यक्ष केशव रिजाल लगायतले मन्तव्य राख्नु भएको थियो ।
उक्त अधिबेशनमा दाङका जेष्ठ फोटोग्राफर मधुसूदन जोशी, दामोदर शर्मा, हुताराज शर्मा, बुद्धि प्रकाश केसि, खेतुलाल श्रेष्ठ, झग्गु प्रसाद सुबेदी र बिमला भण्डारी लाई सम्मान गरेको थियो भने महासचिव र कोषाध्यक्षको प्रतिबेदन समेत पास गरिएको थियो ।
दाङ जिल्ला फोटोग्राफर एसोसिएसनका अध्यक्ष वसन्त न्यौपानेको अध्यक्षता तथा दाङ जिल्ला उधोग वाणिज्य संघको अध्यक्ष वसन्त जोशीको प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियोे ।
उपाध्यक्ष नारायण खनालको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव दुर्गा प्रसाद चौधरीले गरेका थिए भने अर्का उपाध्यक्ष मिनराज महराले धन्यवाद मन्तव्य राखेका थिए ।।
त्यस्तै ८औं अधिबेशनले चौधरीको अध्यक्षता १६ सदस्यीय नयाँ कार्यसमिति चयन दाङ जिल्ला फोटोग्राफर एसोसिएसनको ८औं अधिबेशनले दुर्गा प्रसाद चौधरीको अध्यक्षतामा १६ समिति निर्वाचित भएको छन् ।
उपाध्यक्षहरुमा नारायण बिक, हिमाल महरा, कृष्ण प्रसाद पन्थी, महासचिवमा लक्ष्मण न्यौपाने , सचिवमा मिन सुनार र कोषाध्यक्षमा बिष्णु न्यौपाने निर्वाचन भएको छन् । सदस्यहरुमा पहल बुढाथोकी , पहल सिंह बुढा मगर , मदन डाँगी ,एम बहादुर आर.सी.( सागर ), डिल्लिराज पोख्रेल, अनुप कुमार चौधरी, मनिराम बेल्बासे, गरिकुमार चौधरी र दिपल चौधरी निर्वाचन भएको निर्वाचन कमिटी संयोजक वसन्त जोशीले जानकारी दिनुभयो ।
