बैतडी । आज बिहान बैतडीमा जिप दुर्घटना भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ घोडेधारमा शनिवार बिहान से १ त ६०३ नम्बरको जिप दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार जिपमा सवार दोगाडाकेदार गाउँपालिका वडा नम्बर ८ का अमर विष्टको मृत्यु भएको छ। त्यस्तै दुर्घटनाबाट अन्य पाँच जना घाइते भएका छन्। उनीहरूको परिचय खुलेको छैन । घटनाको पूर्ण विवरण आउने बाँकी रहेको प्रहरीले जनाएको छ।