
Rgp1
Srbpu
Unsku
Rgp
Ggp
Pbu
Lnp
pku
Sgr

Hal
nsb
Tsm
Asm
Rgs
Ssm
Wsp
Pvg
Vor
Sls
Bbu
Ksm
Bbbpu
Ggd
Rsb
Rgu
Gst
Sbs
Rgu

Rmb
Gsb
bbt
Abd
Jmb
sab
Mks
Bml
Ptm
Syp
Pls
Rpp
Jmb
दाङ । हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ ।
गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गर्नु भएको हो । गाई संरक्षण तथा प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दो प्रदेश सभा सदस्य इन्द्रजित थारुले गढवा गाउँपालिकाले पालिकाका गाईलाई व्यवस्थापन गर्न गौशालालाई ब्यवस्थित गर्ने कार्य सरहनिय भएको बताउनुभयो। ‘गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्परा अनुसार गाईलाई पुज्ने समेत गरिन्छ तर, पछिल्लो समय यही गाई हेला बनेको देख्दा अचम्मीत हुने गरेको थारुले बताउनु भयो ‘गाई संरक्षण गर्नुपर्छ भन्ने धारणा सबैमा विकास गर्न र गौशालालाई व्यवस्थित गर्न नव गौशालाको निर्माण गर्नु उत्तम कार्य भएको बताउनुभयो। गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्न गर्न सके गौशाला ब्यवस्थापनमा कुनै समस्या नहुने र रोजगारीको अवसर सिर्जना हुने बताउनु भयो।
त्यसैगरी नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगार संग जोड्ने योजनाका साथ अघि बढेको बताउनुभयो। गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जानकारी दिनुभयो। हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको बताउनुभयो । गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरु लाई गौशालामा राख्ने गरेको बताउनु भयो । गाउँपालिका अध्यक्ष पोख्रेलले छाडा गाई व्यवस्थापनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पालिकाको सीमित बजेट हुने भएकोले एकैपटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै जाने बताउनुुभयो । गाई राष्ट्रिय जनावर पनि रहेको र हामी सवै हिन्दुुहरुका जन्मदेखि मृत्युुपर्यन्तका विभिन्न देव कार्य र पितृकार्यमा पवित्र मानिने भएकोले गाईको उचित संरक्षण र व्यवस्थापनमा सवैको सहयोग हुनुुपर्ने बताउनुुभयो ।
त्यसैगरी कार्यक्रम बोल्दै ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले गाई संरक्षण र व्यवस्थापनको यो कार्य अत्यन्तै राम्रो भएको भन्दै सवैले सक्दो सहयोग गर्नुुपर्ने बताउनुुभयो । त्यसैगरी गौशाला व्यवस्थापन गर्न सक्ने सोचे भन्दा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो। गाई गोरुको संरक्षणको साथै मल मुत्र प्रयोग गरी अगरबत्ती, किटनाशक औषधि लगायतमा उपयोग गर्न गर्न सके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने बताउनु भयो।
त्यसैगरी गौशालाको वारेमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले गढवा बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाई ध्यान दिदै गाउँपालिकाले झण्डै ढाई सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको बताउनुभयो ।
यसैविच लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडाध्यक्षहरु लेख बहादुर थापा, बिर बहादुर आले मगर, हरिभगत चौधरी, वडा सदस्यहरु दिनामणी आचार्य,गोबिन्द रोका मगर, पत्रकार दुखहरण यादव र स्थानीयहरुले गाईपुजाका दिन गौशालामा रहेका गाइलाई पुजा गरिनुका साथै नूून र बरान खुुवाउने काम गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र र लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा र ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगर, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो ।गाईपुजाको दिन गढवामा नवनिर्मित गौशालाको उद्घाटन
हिन्दुहरुको महाव पर्व गाई पुजाको दिन गढवा गाउँपालिकाले सुरु गरेको स्थानीय जातका गाई संरक्षण तथा प्रवर्द्धन कार्यक्रम अन्तर्गत आज सोमबार नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गरिएको छ । गाई पुजाको शुभ अवसरमा लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुले गाई संरक्षण केन्द्र गढवाको उद्घाटन गर्नु भएको हो ।
गाई संरक्षण तथा प्रवर्द्धन केन्द्रको उद्घाटन गर्दै प्रदेश सभा सदस्य इन्द्रजित थारुले गढवा गाउँपालिकाले पालिकाका गाईलाई व्यवस्थापन गर्न गौशालालाई ब्यवस्थित गर्ने कार्य सरहनिय भएको बताउनुभयो। ‘गाई राष्ट्रिय जनावर हो। हिन्दू परम्परा अनुसार गाईलाई पुज्ने समेत गरिन्छ तर, पछिल्लो समय यही गाई हेला बनेको देख्दा अचम्मीत हुने गरेको थारुले बताउनु भयो ‘गाई संरक्षण गर्नुपर्छ भन्ने धारणा सबैमा विकास गर्न र गौशालालाई व्यवस्थित गर्न नव गौशालाको निर्माण गर्नु उत्तम कार्य भएको बताउनुभयो। गौशाला निर्माण गरेर गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्न गर्न सके गौशाला ब्यवस्थापनमा कुनै समस्या नहुने र रोजगारीको अवसर सिर्जना हुने बताउनु भयो।
त्यसैगरी नव निर्मित गाई संरक्षण केन्द्र गढवाको उद्घाटन कार्यक्रममा बोल्दै गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले गाई संरक्षण केन्द्रलाई राम्रो तरिकाले व्यवस्थापन गर्दै यसलाई रोजगार संग जोड्ने योजनाका साथ अघि बढेको बताउनुभयो। गाईको संरक्षणसँगै गाईको मल, मुत्रलाई औषधीको रुपमा प्रयोग गर्ने तर्फ आफ्नो ध्यान केन्द्रित भएको बताउदै गाईको महत्व बारेमा सबैलाई बुझाउ आवश्यक रहेको जानकारी दिनुभयो। हामी गाईको मल मुत्र र दुध सबै लाई उपयोग गर्ने र गढवामा नमुना गौशाला छ भन्ने सन्देश सबैलाई दिन खोजेको बताउनुभयो । गढवा गाउँपालिकामा रहेका छाडा गाई गोरु लाई गौशालामा राख्ने गरेको बताउनु भयो ।
गाउँपालिका अध्यक्ष पोख्रेलले छाडा गाई व्यवस्थापनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । पालिकाको सीमित बजेट हुने भएकोले एकैपटक धेरै रकम विनियोजन हुन नसकेपनि क्रमशः सहयोग गर्दै जाने बताउनुुभयो । गाई राष्ट्रिय जनावर पनि रहेको र हामी सवै हिन्दुुहरुका जन्मदेखि मृत्युुपर्यन्तका विभिन्न देव कार्य र पितृकार्यमा पवित्र मानिने भएकोले गाईको उचित संरक्षण र व्यवस्थापनमा सवैको सहयोग हुनुुपर्ने बताउनुुभयो ।
त्यसैगरी कार्यक्रम बोल्दै ५ नम्बर वडाका वडाध्यक्ष लेखराज थापाले गाई संरक्षण र व्यवस्थापनको यो कार्य अत्यन्तै राम्रो भएको भन्दै सवैले सक्दो सहयोग गर्नुुपर्ने बताउनुुभयो । त्यसैगरी गौशाला व्यवस्थापन गर्न सक्ने सोचे भन्दा राम्रो आम्दानी गर्न सकिने बताउनुभयो। गाई गोरुको संरक्षणको साथै मल मुत्र प्रयोग गरी अगरबत्ती, किटनाशक औषधि लगायतमा उपयोग गर्न गर्न सके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने बताउनु भयो।
त्यसैगरी गौशालाको वारेमा बोल्दै गढवा गाउँपालिका ६ नम्बर वडाध्यक्ष बिर बहादुर आले मगरले गढवा बजार र आसपासका क्षेत्रहरुमा छाडा पशुु चौपायाले किसानहरुको बालीनाली खाएर सखाप पारेपछि किसानहरुको मागलाई ध्यान दिदै गाउँपालिकाले झण्डै ढाई सयको हाराहारीमा रहेका छाडा गाई–गोरुलाई गौशाला निर्माण गरि ब्यवस्थित गरेको बताउनुभयो ।
यसैविच लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारु, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, वडाध्यक्षहरु लेख बहादुर थापा, बिर बहादुर आले मगर, हरिभगत चौधरी, वडा सदस्यहरु दिनामणी आचार्य,गोबिन्द रोका मगर, पत्रकार दुखहरण यादव र स्थानीयहरुले गाईपुजाका दिन गौशालामा रहेका गाइलाई पुजा गरिनुका साथै नूून र बरान खुुवाउने काम गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षता र र लुम्बिनी प्रदेश सभा सदस्य इन्द्रजित थारुको प्रमुख आतिथ्य तथा ५ नम्बर वडाध्यक्ष लेख बहादुर थापा र ६ नम्बर वडाका वडाध्यक्ष विर बहादुर आले मगर, ४ नम्बर वडाध्यक्ष हरी भगत चौधरीको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो । गाई संरक्षण केन्द्र गढवा गाउँपालिकाले बिनियोजन गरेको १५ लाख र स्थानीयको २ लाख ३० हजार १ सय ५९ रुपैयाँ ७४ पैसामा निर्माण भएको हो।

