
Lnp
pku
Sgr
Srbpu
Ggp
Rgp
Pbu
Rgp1
Unsku

Sls
Vor
Rgu
nsb
Asm
Gst
Wsp
Sbs
Ssm
Ggd
Tsm
Rgu
Hal
Rsb
Bbu
Bbbpu
Pvg
Rgs
Ksm

Mks
Rmb
bbt
Jmb
Bml
sab
Pls
Gsb
Syp
Jmb
Ptm
Abd
Rpp
सुर्खेत । जाजरकोट भूकम्पमा परेर घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ का ३२ वर्षीय निरक विष्ट छन् ।
त्यस्तै उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा आज बिहान मृत्यु भएको प्रदेश अस्पतालका डा. केएन पौडेलले जानकारी दिए । विष्टको आज बिहान ९ बजे उपचारको क्रममा मृत्यु भएको उनले बताए ।
यस सँगै जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको भूकम्पमा परी मृत्यु हुने संख्या १५४ पुगेको छ । रुकुम पश्चिममा ५३ र जाजरकोटमा १०१ जनाको मृत्यु भएको छ । हाल कर्णाली प्रदेश अस्पतालमा २६ घाइतेहरुको उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।अनलाइनखबर
