
Rgp1
Srbpu
Unsku
Rgp
Ggp
pku
Pbu
Lnp
Sgr

Pvg
Vor
Rgu
Tsm
Sbs
Rgs
Ksm
nsb
Wsp
Hal
Rgu
Rsb
Ssm
Ggd
Asm
Bbbpu
Sls
Gst
Bbu

Mks
Syp
Ptm
sab
Jmb
Abd
Jmb
Rpp
Bml
bbt
Pls
Gsb
Rmb
दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजारलाई अनुगमनमा निरन्तरता दिएको छ।
निरन्तर बजार अनुगमनले गर्दा पसलहरुमा प्रभावकारी भएको मानिन्छ। अनुगमन टोलीले अनुगमनमा कडाइ तथा म्याद गुज्रिएका समान बरामद गरी नष्ट गर्दै आएको छ।
संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । यसै अनुरूप राजपुर गाउँपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ।
पालिकाले आईतबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो। अहिलेसम्म राजपुर गाउँपालिका अन्तरगतका वडा नं १, वडा नं २ र वडा नं ५ मा अनुगमन गरिसकेको राजपुर गाउँपालिकाका सूचना अधिकारी शरद रेग्मीले जानकारी दिनुभयो।
अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए नभएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिलको अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदि लगाएतको बारेमा बुझिएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बताउनु भयो। उहाँले स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको भन्नुभयो।
त्यस्तै अनुगमनमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी, उपाध्यक्ष धनपती देवी यादव, राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे, वडा नं २ का वडा अध्यक्ष ओम प्रकाश यादव, प्रहरी चौकी बेलाका इन्चार्ज रकम बहादुर खड्का, सूचना प्राविधिक शरद रेग्मी, महिला-बालबालिका शाखाका सहायक दुर्गा यादव, रोजगार सहायकका पुरन प्रसाद यादव, सञ्चारकर्मी, गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।






