
Pbu
Lnp
Unsku
Rgp
Ggp
Srbpu
pku
Sgr
Rgp1

Sls
Ssm
Rsb
Gst
Ksm
Bbu
Vor
Tsm
Sbs
Rgu
Bbbpu
nsb
Hal
Pvg
Rgu
Ggd
Wsp
Rgs
Asm

sab
Gsb
bbt
Rpp
Ptm
Jmb
Pls
Jmb
Mks
Abd
Rmb
Bml
Syp
दाङ । कार्यालय समयभन्दा ढिलो आउने कर्मचारीलाई लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले फुलले स्वागत गर्नु भएको छ ।
पालिकामा कार्यरत कर्मचारीहरु समयमा कार्यालय नआउने गरेकोबारे सेवाग्राहीको गुनासो आएपछी छड्के अनुगमन गरिएको हो । ढिलो आएका कर्मचारीलाई नगर प्रमुख चौधरीले फुलले स्वागत गर्दै कर्मचारीलाई समयको ख्याल गर्दै कार्यालयमा उपस्थित हुन निर्देशन दिनु भएको छ ।
एक दर्जन बढी कर्मचारी कार्यालय समय भन्दा ढिलो आएको जानकारी दिंदै नगर प्रमुख चौधरीले राष्ट्र सेवक कर्मचारीलाई जिम्मेवारी बोध होस, समयको ख्याल गर्दै सेवा प्रवाह गर्न मद्दत पुगोस भन्ने हाम्रो चाहाना हो”- उहाँले भन्नू भयो ।
