
Pbu
Unsku
Sgr
Ggp
Srbpu
Rgp
pku
Lnp
Rgp1

Sbs
Bbu
Ggd
nsb
Rgu
Ksm
Rsb
Tsm
Pvg
Rgs
Ssm
Sls
Asm
Gst
Bbbpu
Vor
Hal
Rgu
Wsp

Rmb
Abd
Mks
Pls
sab
Gsb
Ptm
Syp
Jmb
Rpp
Bml
Jmb
bbt
दाङ । भुकम्प पिडित सहयोगार्थ राप्ती गाउँपालिका चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम भोलीबाट राहत संकलनमा खटिने भएका छन् ।
चेम्बरको आयोजनामा राप्ती उद्योग व्यापार संघ, राप्ती प्रेस मञ्च, देउखुरी टुडे डटकम र आशाका किरण संस्थाको आइतवार चेम्बरको कार्यालय सिसहनियाँमा बसेको संयुक्त बैठकले गत कार्तिक १७ गते जाजरकोट र रूकुम पश्चिममा गएको भुकम्पबाट भएको ठुलो धनजनको क्षति प्रति दुख प्रकट गर्दै कार्तिक २० गते देखि कार्तिक मसान्त सम्म राहत संकलन गर्ने र मंसिरको पहिलो हप्ता सम्ममा राहत वितरण गर्ने निर्णय समेत गरेको छ ।
चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि चेम्बर अफ कमर्स र देउखुरी टुडे डटकम सोमवार देखि राहत संकलनमा जुट्ने तथा अन्य संस्थाहरुले आफ्नो संस्थाको आधिकारिक निर्णय भएपछि सहकार्य गर्ने निर्णय गरेको चेम्बरका प्रेस सल्लाहकार ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् ।
त्यस्तै बैठकले राहत संकलन तथा वितरण गर्नका लागि चेम्बरका अध्यक्ष नेमलाल बेल्वासेको संयोजकत्वमा राहत संकलन तथा वितरण मुल समिति समेत गठन गरेकोे छ । त्यस्तै बैठकले जाजरकोट र रुकुम पश्चिममा भुकम्पबाट मृत्यु भएकाहरु प्रति श्रद्धाञ्जली अपर्ण गर्ने र मृतक परिवारजनमा गहिरो समवेदना प्रकट गर्दै घाइतेहरको शिर्घ स्वास्थ्यलाभको कामना गरेको छ ।
त्यस्तै बैठकमा राप्ती उद्योग व्यापार संघका उपाध्यक्ष रणप्रसाद सुवेदी, राप्ती प्रेस मञ्चका अध्यक्ष अर्जुन अधिकारी,देउखुरी टुडे डटकमका अध्यक्ष तथा प्रधान सम्पादक सन्तोष कुमार गुप्ता,आशाका किरण संस्थाकी सदस्य निसा कुमारी चौधरी, चेम्बरका प्रथम उपाध्यक्ष श्यामा रावत,महासचिव बसन्त कुवर क्षेत्री,सचिव खेमराज अर्याल,सदस्य बालानन्द आचार्य,युवा चेम्बर अफ कमर्सका अध्यक्ष विष्णुप्रसाद सुवेदी,उपाध्यक्षविनोद कुमार सोनी, महिला चेम्बर अफ कमर्सकी अध्यक्ष लक्ष्मी पोख्रेल, कृषि समितिका अध्यक्ष अर्जुन कुमार क्षेत्री, चेम्बरका सल्लाहकार चित्रबहादुर केसी,चेम्बरका संस्थापक अध्यक्ष कुमार अधिकारी,प्रेस सल्लाहकार ओमप्रकाश गुप्ता लगायत चेम्बरका पदाधिकारी तथा सदस्यहरूको सहभागीता रहेको थियो ।
