
pku
Pbu
Ggp
Srbpu
Lnp
Rgp1
Unsku
Sgr
Rgp

Wsp
Rsb
Bbu
Sls
Pvg
Vor
Ksm
Bbbpu
nsb
Asm
Ggd
Sbs
Rgs
Rgu
Rgu
Hal
Gst
Tsm
Ssm

Syp
Rmb
sab
Gsb
Rpp
bbt
Abd
Pls
Ptm
Bml
Jmb
Mks
Jmb
कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर ३ मा रहेको जामिया सिराजुल उलुम मदरसाले शुद्ध खानेपानीका लागि नेपाल खानेपानी संस्थान कृष्णनगर शाखालाई दुइ कट्ठा जग्गा उपलब्ध गराएको छ।
जग्गा हस्तान्तरण करारनामा समझौता गर्दै जामिया सिराजुल उलुम मदरसाका अध्यक्ष शमीम अहमद तथा नेपाल खानेपानी संस्थान कृष्णनगरका प्रमुख रमेश मगराती बिच दोहोरो जग्गा हस्तान्तरण करारनामा समझौता गरिएको छ।
सो क्षेत्रमा बसोबास गर्ने जनता तथा मदरसाका लागि स्वच्छ खानेपानी वितरण हुने उद्देश्यका साथ मदरसाले जग्गा उपलब्ध गराएको तथा जामिया सिराजुल उलुम मदरसा हरेक धर्मका व्यक्तिको शुख दुखमा हातेमालो गर्दै आएको एक धरोहरको रूपमा रहेको जानकारी लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले जानकारी दिए।
जग्गा हस्तान्तरण करारनामा समझौतामा अल्ताफ अहमद खान, डा. अब्दुल गनि अल्कूफी, मौलाना मशहूद खां नेपाली, सोहन लाल गुप्ता, धन प्रकाश विष्ट, राजन प्रसाद यादव, खानेपानी ग्रामीण तथा शहरी विकास मन्त्रालयका कानून अधिकृत ध्रुव भण्डारी, वडाध्यक्ष सगीर अहमद खां लगायत व्यक्तिहरु जग्गा हस्तान्तरण करारनामा समझौतामा साक्षी रहेका थिए । सिराजुल उलुम अल्सलफीया मदरसाले २०७२ को महा भकम्पमा समेत पिडित लाई यथासम्भव सहयोग गरेको, कोरोना महामारीका बेला समेत यथासम्भव सहयोग गर्दै आएको आज स्वच्छ खानेपानीका लागि गरेको कार्य आफैमा सराहनीय रहेको बताउदै उक्त मदरसाले धार्मिक सहिष्णुता कायम गर्न सधै योगदान दिदै आएको राष्ट्रीय मदरसा संघका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले बताए।
त्यस्तै जग्गा उपलब्ध गराएकोमा मदरसालाई हार्दिक धन्यवाद दिदै निर्माण कार्य छिट्टै संचालनमा आउने नेपाल खानेपानी संस्थान शाखा कार्यालय कृष्णनगर प्रमुख रमेश मगरातीले जानकारी दिनुभयो।
