
Ggp
Rgp1
Rgp
pku
Pbu
Srbpu
Lnp
Unsku
Sgr

Rgs
Ksm
Pvg
Asm
Ssm
Gst
Wsp
Sbs
Rgu
Rgu
Rsb
Hal
Tsm
Sls
Bbu
Vor
Bbbpu
Ggd
nsb

Jmb
Rmb
Ptm
Gsb
Abd
Bml
Pls
bbt
Jmb
Syp
Rpp
sab
Mks
दाङ । लुम्बिनी प्रदेशमा जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र निर्माण हुने भएको छ । त्यसकालागि जग्गा खोजीको कार्य भइरहेको छ ।
प्रदेश स्तरीय स्याहार केन्द्र स्थापनाकालागि राजधानी क्षेत्रमा जग्गा खोजीको कार्य भइरहेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले बताउनुभयो । उहाँका अनुसार राप्ती गाउँपालिकाका विभिन्न क्षेत्रमा जग्गाको अवलोकन गरिएको छ। “ जनयुद्ध तथा जनआन्दोलनका घाइतेहरुकालागि स्याहार केन्द्र स्थापनाकालागि हामीले जग्गा खोज्ने काम गरिरहेका छौं,राजधानी क्षेत्रको राप्ती गाउँपालिकाका विभिन्न ठाउँमा जग्गाको अवलोकन गरेका छौं”,उहाँले भन्नुभयो । जग्गा प्राप्तीसंगै प्रक्रिया अघि बढ्छ ।” स्याहार केन्द्र स्थापनाकालागि २० विघा जति जग्गा चाहिने उहाँले बताउनुभयो ।
त्यस्तै घाइते परिवारलाई जीवन यापनमा समस्या हुने गरेकाले एउटै स्थानमा राखेर स्याहार पनि गर्ने र आयआर्जनमा पनि जोड्ने गरि स्याहार केन्द्र निर्माण गर्न लागिएको मन्त्री मास्कीको भनाई छ । त्यसकालागि प्रदेश सरकारले चालु आर्थिक बर्ष २०८०÷०८१ मा दुई करोड बजेट बिनियोजन गरेको छ ।
