श्रवण कुमार यादव शुक्रबार, कार्तिक १७, २०८०

दाङ । चाडपर्व नजिकिँदै गएपछि देउखुरीको राजपुर गाउँपालिकाले स्थानीय बजार बेलामा अनुगमन गरेको छ ।

संघीय संरचनामा बजार अनुगमन गर्ने जिम्मा स्थानीय तहको हो । चार महिनाको एकपटक स्थानीय तहले बजार अनुगमन गर्नुपर्ने प्रावधान छ । स्थानीय तहका उपाध्यक्ष र उपप्रमुखलाई अनुगमन प्रमुखको जिम्मेवारी पनि तोकिएको छ । यसै अनुरूप राजपुर गाउँपालिकाले बजार अनुगमनमा तिब्रता दिएको छ। पालिकाले शुक्रबार पालिका भित्रका पसल तथा बजारमा अनुगमन गरेर म्याद गुज्रिएका खाद्यवस्तुहरु बरामद गरि नष्ट गरेको हो ।

अनुगमन गर्दा मुल्य सुचि भए नभएको, पसलको साइन बोर्ड भए नभएको, पसल दर्ताको अवस्था, नवीकरण भए नभएको, पसलको छाप र बिलको अवस्था, पान र भ्याट दर्ताको अवस्था, ग्यास सिलिन्डरको तौल, खाद्य बस्तुको म्याद गुज्रिने मिति, म्याद गुज्रिएको बस्तुको भण्डारण तरिका आदि लगायतको बारेमा बुझिएको राजपुर गाउँपालिका उपाध्यक्ष धनपती देवी यादवले बताउनु भयो। उहाँले स्थानीय प्रशासनले म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरेको भन्नु भयो।

त्यस्तै अनुगमनमा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकी,उपाध्यक्ष धनपती देवी यादव, राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डे, वडा नं २ का वडा अध्यक्ष ओम प्रकाश यादव, प्रहरी चौकी बेलाका इन्चार्ज रकम बहादुर खड्का, सूचना प्राविधिक शरद रेग्मी, महिला-बालबालिका शाखाका सहायक दुर्गा यादव, रोजगार सहायकका पुरन प्रसाद यादव, सञ्चारकर्मी, गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो। अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने पालिकाले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]