
Lnp
Pbu
Rgp1
Ggp
pku
Sgr
Unsku
Rgp
Srbpu

Ssm
Hal
Gst
Rsb
nsb
Bbbpu
Tsm
Asm
Bbu
Rgu
Sls
Ggd
Vor
Rgu
Rgs
Sbs
Wsp
Pvg
Ksm

Rmb
Pls
Abd
Gsb
Jmb
Syp
Rpp
Mks
Ptm
Jmb
Bml
bbt
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले गत असार र श्रावण महिनामा पालिकाका विभिन्न स्थानमा राेपेका विरुवाहरुकाे श्रमदान मार्फत संरक्षणको काम थालेको छ।
गाउँपालिकाले पालिकाका अध्यक्ष प्रकाश विष्टको अगुवाइमा गत साेमबार देखि वडा नं.८ काे शंकर सामुदायिक वन क्षेत्रमा लगाइएको फलफूलका विरुवाकाे वरपरका झाडी सफाई तथा गाेड मेल गरि संरक्षणको काम गरिरहेको छ । वृक्षरोपण गरेर मात्रै नहुने भन्दै राेपिएका विरुवाहरुकाे संरक्षण गर्न थालिएको हाे।
समाजसेवी व्यक्तिहरुकाे सहभागीतामा दैनिक बिहान ६ बजे देखि ८ बजे सम्म करिब २ घण्टा श्रमदानबाट साे काम भई रहेको छ । पालिकाका अध्यक्ष प्रकाश विष्टले बाटाेमा भन्दा माटाेमा पसिना बगाउन युवाहरूलाई आग्रह गर्नु भएको छ।
“हामीहरुले दैनिक माेर्निङ्ग वाक गरेर बाटाेमा पसिना बगाई रहेका हुन्छौं ” – अध्यक्ष विष्टले भन्नुभयो -” त्यो भन्दा श्रमदानमा जाेडिएर माटाेमा पसिना बगाऔं ,त्यसले श्रम गर्ने संस्कृतिको विकास सँगै देशकाे पनि विकास हुन्छ।”आजकाल दैनिक बिहान करिब ५ बजे उठ्ने र पैदल साे क्षेत्रसम्म पुगेर विरुवाहरुकाे संरक्षणका लागि झाडी सफाई तथा गाेड मेल गर्ने गरेको अध्यक्ष विष्टले बताउनुभयो ।
खाली रहेको वन क्षेत्रलाई सदुपयोग गर्दै पालिकालाई फलफूलमा आत्मा निर्भर बनाउने लक्ष्य पालिकाले लिएको छ । उक्त वन क्षेत्र सँगै अन्य विभिन्न स्थानमा गरि पालिकाले यस वर्ष मात्रै करिब ३५ सय फलफुल प्रजातिका विरुवाहरु राेपेकाे छ। यसबाट स्थानीय स्तरमै राेजगारीकाे सिर्जना गरी युवाहरूलाई स्वदेशमै राेजगारी प्रदान गर्ने उदेश्य पालिकाकाे रहेकाे छ।

