
Lnp
Rgp
Srbpu
Unsku
Sgr
Rgp1
Ggp
pku
Pbu

Gst
Hal
Sls
Pvg
Tsm
Wsp
Bbbpu
Sbs
nsb
Vor
Ssm
Rgu
Ggd
Rgu
Rsb
Asm
Rgs
Bbu
Ksm

Syp
Bml
Pls
Ptm
Abd
Jmb
Rpp
sab
Jmb
bbt
Gsb
Mks
Rmb
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीले सहकारीलाई उद्यमशीलतासँग जोड्न जरुरी रहेको बताएका छन् ।
सर्वहित बचत तथा ऋण सहकारी संस्था अन्तरगत सदस्य सेवा केन्द्र पत्थरगढवाको ११ औं वार्षिक साधारणसभाको मंगलवार पत्थरगढवामा उद्घाटन गर्दै वडा अध्यक्ष चौधरीले सो कुरा बताएका हुन् । सहकारी संस्थाको काम बचत र ऋण लगानी गर्ने मात्र काम नभई सहकारीको माध्यमबाट उद्योगधन्दा सञ्चालन गरि युवाहरुलाई रोजगारी दिन सके बढ्दो बेरोजगारी समस्या केहि हद सम्म कम हुन सक्ने बताएका छन् । वडा अध्यक्ष चौधरीले सहकारी संस्थाले व्यवसायी तथा उद्यम क्षेत्रमा लगानी गर्न तयार हुने हो भने स्थानीय सरकार सहकारी सँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
संस्थाका अध्यक्ष जागेन्द्र चौधरीको अध्यक्षता एवम् राप्ती गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष दिपक कुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले सहकारी संस्था देशको मेरुदण्ड भएकोले यसलाई दिगो रुपमा व्यवस्थित तरिकाले सञ्चालन गर्न सञ्चालन, कर्मचारी र शेयर सदस्यहरुको भुमिका महत्वपूर्ण रहने बताएका थिए । सो अवसरमा ज्ञनोदय मावि पत्थरगढवाका शिक्षक मंगलप्रसाद चौधरी, देउखुरी टुडे डटकमका कार्यकारी सम्पादक ओमप्रकाश गुप्ता, शेयर सदस्य रामप्रताप चौधरी, कालिप्रसाद चौधरी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
सभामा बार्षिक प्रगति प्रतिवेदन संस्थाकी उपाध्यक्ष निर्मला चौधरी र आर्थिक प्रतिबेदन कोषाध्यक्ष खेमादेबी चौधरीले प्रस्तुत गरेकी थिइन् । सभामा उत्कृष्ट कार्य गर्ने सदस्य तथा कर्मचारीहरुलाई संस्थाले सम्मान तथा पुरस्कृत गरेको छ । यसरी सम्मानित तथा पुरस्कृत हुनेहरुमा राप्ती गाउँपालिका वडा नम्बर ६ सगरापुर निवासी जेष्ठ शेयर सदस्य सर्जुलिया चौधरी,सोही ठाउँ निवासी शेयर सदस्य तथा असल बचत कर्ता रेश्मा थापा क्षेत्री,सोही वडाकै पत्थरगढवा निवासी शेयर सदस्य तथा असल ऋणी हेमनारायण चौधरी र सोही वडाकै मझेरिया निवासी बाल सदस्य तथा असल बाल बचतकर्ता श्रेया चौधरी रहेका छन् ।
त्यस्तै लेखा सुपरिवेक्षण समितिका सदस्य भरतप्रसाद चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सदस्य सेवा केन्द्र पत्थरगढवाकी प्रमुख प्रभा चौधरीले गरेकी थिइन् ।

