कौशल अधिकारी/लमही शनिबार, कार्तिक ११, २०८०

दाङ । देउखुरीको लमहीमा रहेको देउखुरी बहुमुखी क्याम्पसमा स्थापना कालदेखी नभएको चुनाब अहिले भएको छ ।

ब्यबस्थापन समितीको नेतृत्वका लागि पहिलोचोटी चुनाब भएको हो । २०६२ सालमा स्थापना भएको देउखुरी बहुमुखी क्याम्पसको समितीका लागि त्यस यता निर्बाचन भएको थिएन । निर्बाचनमा दलहरु गठबन्धन सहित चुनाबमा होमिए । केन्द्रीय सत्ता समिकरण भन्दा फरक तरिका सहित चुनाबमा सहभागी भए ।

जसमध्य नेपाली काँग्रेस, नेकपा एमाले र राप्रपा एकातिर देखिए भने अर्का तिर नेकपा माओबादी, एकीकृत समाजबादी र जनमोर्चा मिलेर चुनाबमा होमिए । जसमध्य अध्यक्ष लालबिर खाड्काको प्यानल पुरै बिजयी भएको छ । उनको प्यानललाई काँग्रेस,एमाले र राप्रपाले समर्थन गरेका थिए । भने बाबुराम चौधरीको प्यानललाई माओबादी, समाजबादी र जनमोर्चाले समर्थन गरेका थिए ।

जसमध्य अध्यक्ष पदका उम्मेद्वार लालबिर खड्काले बाबुराम चौधरीलाई ७९ मतले पराजित गरे । खड्काको पक्षमा १३७ मत आउदा चौधरीलाई ५८ मत मात्र प्राप्त भयो ।

त्यस्तै क्रमश: बिजयी प्यानलका सदस्यहरु प्रकाश कुमार जिसी (१३६), पदम प्रसाद शर्मा पुडासैनी (१५२), हल्लु प्रसाद चौधरी (१५६), कृष्ण प्रसाद घिमिरे ‘केपी’ (१७२), बिद्याशरण चौधरी (१५८), गुलाम महोम्मद जागा मुसलमान (१३९), प्रेम कालाथोकी (१५५), पवन शर्मा रिजाल (१५०), ध्रुब नारायण चौधरी (१५५), गोपाल ज्ञावली (१४२) र सुलोचना गिरी (१६३) मत सहित बिजयी भएका छन ।

त्यस्तै अर्का चौधरी प्यानलका तर्फबाट होम प्रसाद शर्मा (४४), कृष्ण प्रसाद भुषाल (६३), थानेश्वर गैरे (७३), दिनमणी आचार्य (४८) र बिश्वराज आचार्यले (७६) मत प्राप्त गरे । यसअघि मिनादेबी गुरुङ र बिना न्यौपाने महिला सदस्य पदमा निर्बिरोध निर्बाचित भईसकेका थिए । शुक्रबार क्याम्पसको नया नेतृत्वका लागि बिहान ९ बजे निर्बाचन शुरु भएर ३ बजे सकिएको थियो । २३५ मतदाता सँख्या रहेपनि २०० मत खसेको निर्बाचन अधिकृत लिलाराम खनालले जानकारी दिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]