
Lnp
Pes
pku
cjs
Sgr
Rgp
Pbu
Gfs
Djs
Srbpu
Rgp1
Unsku
Ggp
Ses

Sls
Ggd
Gst
Vor
Bbu
Bbbpu
Wsp
Sbs
Tsm
Hal
Rgu
Ssm
Rgu
Rsb
Rgs
Asm
Pvg
nsb
Ksm

Gsb
Jmb
Pls
Jmb
Rmb
Bml
Abd
sab
Ptm
Mks
Rpp
Syp
bbt
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमुना माध्यमिक विद्यालयको १० औं अभिभावक भेला सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सो विद्यालयमा ल्याब कक्ष स्थापना गरिदिने बताउनु भएको छ ।
प्रमुख अतिथि चौधरीले आफ्नो सांसद विकास कोषद्वारा सो विद्यालयमा ल्याब कक्षा संचालन गर्नको लागि आवश्यक बजेट छुटाइ दिने बताउनु भएको छ । अभिभावक भेला कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका चौधरीले बालबालिकालाई अशल संस्कार दिन अभिभावकको जिम्मेवारी रहेकोले बताउनु भयो । सामुदायिक विद्यालयलाइ नमुना बनाउने जिम्मेवारी सबैको रहेको समेत उहाँले बताउनु भयो ।
त्यस्तै विशेष अतिथि लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विकासबाट पछाडी परेको क्षेत्रमा सन्तुलीत विकासको अवधारणा अनुसार नाका क्षेत्रमा सडक पुर्याउन हरेक बर्ष बजेट विनियोजन गरिरहेको बताउनु भयो । यस्तै नाका क्षेत्र, पिछडीएको ठाउँमा विद्यालयको भौतीक पूर्वाधर सुधार गर्न बजेट तथा कार्यक्रमले प्राथमिकता पाएको बताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्याम चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज कालाथोकीले बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नु भएको छ । वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै प्रधानध्यापक कालाथोकिले साधारण नमुना माध्यमिक विद्यालयमा पहिलोपटक प्राविधिक धारको बिषयको पठनपाठन सञ्चालन गर्दै आइरहेको र अब सो विद्यालयमा डिग्री सम्मको पढाइ सञ्चालन गर्ने लक्ष्य विद्यालयले राखेको प्रतिवेदन मार्फत बताउनु भयो । सो विद्यालय २०१२ सालबाट अनौपचारिक रुपमा विद्यालय सञ्चालन गरेर शिक्षा प्रदान गरेको इतिहास छ । २०६६ साल बाट प्लस टु सञ्चालन भएको हो । ६० विद्यार्थीबाट प्लस टु सञ्चालन भएको जनाइएको छ ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टि (नेकपा) राजपुर गाउँपालिका अध्यक्ष चक्रबहादुर खड्का(शिखर),वडा नम्बर ६ का अध्यक्ष श्यामबहादुर रोका,विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष भोगेन्द्र सिंह राजपुत,पूर्व अध्यक्ष बिन्तिराम यादव,राष्ट्रिय जनमोर्चा राजपुर गाउँआलिका इन्चार्ज महेश रिजाल,राप्रपा पार्टीका केन्द्रीय सदस्य लिला यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन सो विद्यालयका साहायक प्रधानध्यापक गोकुल भट्टले गर्नु भएको थियो ।
आज सम्पन्न भएको १० औं अभिभावक भेलाले सो विद्यालयका सक्रिय सदस्य घनश्याम चौधरीको अध्यक्षतामा ९ जना विद्यालय व्यवस्थापनको कार्य समिति रहने गरि सर्बसहमतमा विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।
जसको सदस्यहरुमा मिश्रिलाल गुप्ता,चित्र बहादुर यादव,रेखा भण्डारी,हिरा बि.क जनक कुमारी चौधरी सदस्य सचीवमा विद्यालयका प्रधानध्यापक नवराज कालाथोकी रहनु भएको छ भने शिक्षक अभिभावक संघको अध्यक्षमा मनसराम यादव,सदस्यहरुमा विरेन्द्र चौधरी, सुवास चन्द्र यादव,शान्ता घर्ती,रामपुरण चौधरी,लक्षमी प्रसाद बुढा,शोभा यादव, राजकुमार चौधरी,पुष्पा चौधरीको टिमलाई सर्बसहमतमा चयन गरिएको राजपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष तथा गाउँपालिका प्रवक्ता श्यामबहादुर रोकाले जानकारी दिनु भयो ।
