Sidha Patra शनिबार, भाद्र ३०, २०८०

काठमाडौं । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिका प्रस्थान गर्दै छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रचण्ड साँझ ६ बजे कतार एयरवेजको जहाजमार्फत न्यूयोर्क प्रस्थान गर्न लागेका हुन्।

त्यस्तै उनले असोज ४ गते संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसअघि नेपालले राष्ट्र संघमा आबद्ध अल्पविकसित देशको समूह एलडीसीको अध्यक्षता गर्नेछ । अध्यक्ष देशका तर्फबाट प्रचण्डले सम्बोधन गर्नेछन्। यो फोरममा दिगो विकासका लक्ष्य एसडीजीमा चर्चा गर्ने कार्यक्रम छ।

यस्तै प्रचण्ड अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ। प्रधानमन्त्रीको साथमा छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद,परराष्ट्र सचिव भरतराज पौड्याल र संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत सहभागी हुनेछन्।

त्यस्तै परराष्ट्रमन्त्री साउद नेतृत्वको टोली भने न्यूयोर्क पुगिसकेको छ। राष्ट्रसंघीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड न्युयोर्कबाटै असोज ५ गते चीन जाने कार्यक्रम छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]