
Pbu
Bs1
Gsl


दाङ । नेकपा एमाले लमही नगर कमिटीले लमही बजार भित्र मीन भवन अगाडि शोक पुस्तिका राखेकोछ।
पार्टीका केन्द्रीय उपाध्यक्ष,संविधान सभाका अध्यक्ष तथा नेकपा एमाले संसदीय दलका उप नेता समेत रहेका माननीय सांसद सुवासचन्द्र नेम्वाङको गत सोमबार राती १ बजे हृदयघातबाट मृत्यु भएको थियो। यसरी आकस्मिक मृत्यु भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन उक्त शोक पुस्तिका राखिएको हो।
त्यस्तै श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पार्टीका नेता कार्यकर्ता तथा सर्वसाधारण समेतले हस्ताक्षर गरि रहेको जनाइएकोछ। शोक पुस्तिका बिहिवारसम्म राखिने पार्टीका लमही नगर इन्चार्ज रतन कुमार केसीले जानकारी दिनु भएकोछ।
