Sidha Patra शुक्रबार, भाद्र २२, २०८०

दाङ । देउखुरी उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि अध्यक्ष, वाणिज्य उपाध्यक्ष, महासचिव र खुल्ला सदस्यमा निर्वाचन हुने देखिएको छ । उद्योग उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ । कमलजंग सिंह ठकुरी र कृष्णप्रसाद घिमिरेको अध्यक्ष पदमा मनोनयन दर्ता भएको हो । भदौ २५ गते सार्वजनिक बगैचामा मतदानको समय तोकिएको छ । उद्योग उपाध्यक्षमा केशवराज पोख्रेल निर्विरोध निर्वाचित भएका छन् भने वाणिज्य उपाध्यक्ष, महासचिव र खुला सदस्य चयनका लागि निर्वाचन हुने भएको छ ।

वाणिज्य उपाध्यक्षमा केशव घिमिरे र डिल्लीराज खनालको उम्मेदवारी दर्ता भएको छ । महासचिवमा ईश्वरप्रकाश श्रेष्ठ र बसन्तकुमार भण्डारीको मनोनयन दर्ता भएको निर्वाचन संयोजक लिलाराम खनालले जानकारी दिए । सचिवमा गणेश घिमिरे र कोषाध्यक्षमा हरिबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । पाँच जना खुल्ला सदस्यका लागी ११ जनाको उम्मेदवारी परेको छ ।

खुल्ला सदस्यमा अकबर अली, सुन्दर केसी, भिष्मराज गैरे, शिवचन्द घिमिरे, लुमाकान्त बोहरा, गोविन्दप्रसाद पुलामी, सुनिलकुमार चौधरी, बावुराम भुसाल, राम्रसाद आचार्य, देविप्रसाद बेल्वासे र शान्ता खनालको मनोयन दर्ता भएको छ । दुई जना महिला सदस्यमा शारदा सुवेदी र खुसविरन निसा निर्विरोध निर्वाचित भएका छन् । वाणिज्य संघको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र एकिकृत समाजवादीको एउटा प्यानल खडा भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले बाणिज्य उपाध्यक्ष र खुल्ला सदस्यमा मनोयन दर्ता गरेको छ । अध्यक्षमा कृष्णप्रसाद घिमिरेले स्वतन्त्र उद्योगी व्यवसायीहरुको प्रतिनिधित्व गर्दै मनोनयन दर्ता गरेको जानकारी दिए । उनले मोहन वैद्य नेतृत्वको क्रान्तीकारी माओवादी पार्टीमा आवद्ध छन् । नयाँ युगबाेध

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]