
Ksb
Gsb
Ksb
Ssb
jsb
Usb
Bsn
Rks
Ppu
Fmb
Tgp
Ksb
Csb
Nsb
Ssb
Rsb

Usb
Ssb
Tsb
Gsb
Hl1

Nps
Rgu
ptl
धनगढी । दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका वडा नम्बर ५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो।
गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि सुनालाई थप उपचारका लागि धनगढी ल्याइदै थियो। तर, बैतडीको पाटन पुग्ने बेला उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बैतडीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार आइतवार बिहान उनले घरमा कोहि नभएको बेला आफ्नै शरीरमा मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्। घाइते साउँदको शरीरको घुँडाभन्दा माथिल्लो भाग जलेको थियो।
त्यस्तै आगो लागेको स्थानीयले देखेपछि साउँदलाई उद्धार गरेर गोकुलेश्वर अस्पताल पुर्याएका थिए। साउँदले शरीरमा किन आगो लगाइन् भन्ने विषय खुल्न नसकेको र यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
