
Fmb
Ppu
Ssb
Ssb
Csb
Ksb
Gsb
Tgp
Usb
Rsb
Rks
Bsn
Ksb
jsb
Ksb
Nsb

Gsb
Ssb
Usb
Tsb
Hl1

Nps
Rgu
ptl
दाङ । देउखुरीको गढवा स्थित जनजाती उत्थान केन्द्रको प्रथम वार्षिक साधारण सभा तथा अधिवेशन शनिवार सम्पन्न भएको छ ।
अध्यक्ष शान्ती चौधरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रतिनिधि सभाका साम्सद मेटमणी चौधरीले गर्नु भएको हो । कार्यक्रममा बोल्दै साम्सद चौधरीले जनजातीको हक हितका लागि आफुले सक्दो सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रममा गढवा उद्योग बाणिज्य संघका अध्यक्ष खिम बहादुर बुढा मगर,सहकारी संजाल गढवाका अध्यक्ष बेगम गहतराज,पत्रकार शिबराज पन्थी लगायतले बोल्नु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य र संस्थागत प्रतिवेदन सचिव रेनु कुमाल चौधरीले गर्नु भएको थियो ।
आदिवासी जनजातिहरुको हक,हित,अधिकार न्याय र स्वतन्त्रताको पक्षमा यस संस्थाले बृहत्तर उद्देश्य अनुरुप काम गर्ने बताइएको छ । गढवा क्षेत्रमा नेपाल सरकारबाट बैधानिक मान्यता प्राप्त गरेको आदिवासी जनजातिको एक मात्र संस्था भएको कार्यक्रममा बताइएको छ ।

