
Gfs
pku
Pbu
Srbpu
Pes
cjs
Ggp
Ses
Rgp
Rgp1
Sgr
Lnp
Unsku
Djs

Ggd
Hal
Ksm
Asm
Ssm
nsb
Vor
Bbu
Wsp
Sls
Sbs
Tsm
Rgs
Gst
Pvg
Rgu
Rgu
Rsb
Bbbpu

Mks
Syp
sab
Gsb
Rmb
Jmb
Pls
Bml
Ptm
Jmb
Rpp
bbt
Abd
दाङ । देउखुरीको राप्ती गाउँपालिकालाई अवको ३ वर्ष भित्र लागुऔषध दुव्र्यशन मुक्त पालिका बनाइने भएको छ ।
राप्ती गाउँपालिकाको आयोजना एवम् लागु औषध दुव्र्यशन रोकथाम अभियान नेपालको प्राविधिक सहयोगमा शुक्रवार गाउँपालिकाको सभाहल मसुरीयामा आयोजित लागु औषध दुव्र्यशन विरुद्धको सचेतनामुलक कार्यक्रममा बोल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले सो उद्घोष गरेका हुन् । पछिल्लो समय राप्ती गाउँपालिकामा पनि युवाहरु लागु औषधको दलदलमा फसिरहेकाले युवा पुस्ताहरुलाई लागुऔषध दुव्र्यशनीबाट कसरी बचाउन सकिन्छ भन्ने उदेश्यले गाउँपालिका भित्रका शिक्षक तथा सरोकारवाला निकायका प्रमुखहरुलाई एकै थलोमा राखेर अभ्यासको माध्यमबाट सवैलाई प्रशिक्षित गरेपछि अध्यक्ष विष्टले सो उद्घोष गरेका हुन् ।
नार्काेनन् अन्तर्राष्ट्रिय केन्द्रका दक्षिण एसिया प्रमुख बसन्तराज कुवरले कार्यक्रमका सहभागीहरुलाई लागुऔषध दुव्र्यशनको प्रकार, प्रयोग, असर र त्यसबाट बच्ने उपायहरूका बारेमा अभ्यास गराएका थिए । राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा जनप्रतिनिधि, पालिका भित्रका विद्यालयहरुका प्रधानाध्यापक तथा सामाजिक विषयका शिक्षक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विभिन्न संघ संस्थाका प्रमुखहरु र सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
