
Rgp
Djs
Gfs
cjs
Ses
Sgr
Ggp
Unsku
pku
Rgp1
Srbpu
Lnp
Pbu
Pes

Wsp
Rgs
Gst
Sbs
Tsm
Asm
nsb
Bbbpu
Bbu
Rgu
Ggd
Rsb
Ksm
Vor
Rgu
Sls
Ssm
Pvg
Hal

Ptm
Abd
Syp
Bml
Gsb
Jmb
bbt
Rpp
Pls
Rmb
sab
Mks
Jmb
दाङ । लुम्बिनी प्रदेशकाे राजधानी क्षेत्र राप्ती उपत्यका देउखुरीलाई व्यवस्थित शहरकाे रुपमा विकास गर्ने उदेश्यले साे क्षेत्रमा जग्गा एकीकरणकाे लागि जग्गा धनीहरुबाट निवेदन संकलन कार्यकाे सुरुआत गरिएकाे छ।
मंगलबार राप्ती गाउँपालिका वडा नम्बर २ मा पर्ने कालिका जग्गा एकीकरण उप आयोजना अन्तर्गत सुन्दर नगर टाेलका करिब ४० जना स्थानीय जग्गा धनीहरुबाट निवेदन संकलन गरिएको छ । प्रदेश पूर्वाधार प्राधिकरण द्वारा सञ्चालित जग्गा एकीकरण आयोजनाले उक्त जग्गा एकीकरण कार्यकाे लागि पहिलो चरणमा उनीहरू बाट साे निवेदन संकलन गरेको हाे।
यसैगरी जग्गा एकीकरण कार्यकाे लागि वडाको प्रत्येक टाेलहरुबाट क्रमश निवेदन संकलन गरिने आयोजना प्रमुख शंकर सुवेदीले जानकारी दिनु भएको छ । संघीय राजधानी काठमाडौंकाे उदाहरण दिदै पालिका अध्यक्ष विष्टले याेजना बिना विकास गर्दा व्यवस्थित र सुन्दर शहर बनाउन नसकिने जिकिर गर्नु भयो । “याेजना बिनाको कुनै पनि विकास व्यवस्थित र सुन्दर हुदैन।”- अध्यक्ष विष्टले भन्नू भयो -” त्यसको जाेलन्त उदाहरण संघीय राजधानी काठमाडौं लाई लिन सकिन्छ ।त्यसैले यस व्यवस्थित राजधानी विकस गर्ने कार्यलाई तपाईहरुले सहयोग गर्नु पर्दछ ।”
त्यस्तै उक्त कार्यक्रममा स्थानीयहरुले राखेको जिज्ञासाहरुकाे बारेमा जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेस चाैधरी,न्याय परिषदका पूर्व सदस्य तथा आयोजनाका विज्ञ सदस्य पदम वैदिक ,२नं.वडाका वडा अध्यक्ष पहलवान चाैधरीले स्पष्ट पार्नु भएको थियोे ।
आयोजनाले उक्त वडामा झण्डै ६५ बिघा जग्गा छनाेट गरि कार्य अघि बढाईएको आयाेजना कार्यालयले जनाएको छ । आयोजनाले उक्त वडामा जग्गा एकीकरणको काम अघि बढाए पनि अन्य वडाहरुमा भने केही समस्याका कारण अझै काम शुरु हुन सकेको छैन।


