
Rgp
pku
Unsku
Sgr
cjs
Rgp1
Srbpu
Pbu
Gfs
Pes
Djs
Ggp
Lnp
Ses

Ksm
Gst
Vor
Bbbpu
Hal
nsb
Rgu
Asm
Sls
Rsb
Pvg
Bbu
Ssm
Tsm
Sbs
Rgs
Ggd
Wsp
Rgu

Gsb
sab
Pls
Rmb
Bml
Jmb
Mks
Abd
Ptm
Jmb
Syp
bbt
Rpp
रोल्पा । रोल्पामा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
रोल्पाको परिवर्तन गाउँपालिका वाग्माराबाट दाङको घोराहीका लागि छुटेको ना ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए ।
मृत्यु हुनेमा रोल्पाको माडी गाउँपालिका-२ बस्ने २१ वर्षीय प्रकाश बाँठा, माडी गाउँपालिका-४ का ५० वर्षीय गोर्खे डाँगी र उनकी ५० वर्षीया श्रीमती हस्त डाँगी तथा परिवर्तन गाउँपालिका-३ का ४६ वर्षीय भक्तबहादुर विक रहेका छन् ।
त्यस्तै बस दुर्घटनामा घाइते भएकाहरूको उपचारका लागि दाङ पठाइएको सूचना अधिकरी भुसालले बताए । बस त्रिवेणी गाउँपालिका-७ तिला रिचि गाउँ भन्ने ठाउँमा दुर्घटना भएको थियो । सडकदेखि करिब १५० मिटर तल खसेको उक्त बसमा १९ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।
