
Ssb
Csb
Fmb
Ksb
Nsb
jsb
Ppu
Bsn
Ksb
Ksb
Rsb
Usb
Rks
Ssb
Tgp
Gsb

Gsb
Ssb
Tsb
Usb
Hl1

Rgu
Nps
ptl
दाङ । पुर्व- पश्चिम राजमार्गको कपिलवस्तु- जितपुर सडक खण्डमा भएको गौ हत्याको निष्पक्ष छानबिनको माग गरिएकोछ।
उक्त सडक खण्डमा सोमबार राती १० जीउ गाई गोरु मृत अवस्थामा भटिएकाछन भने ४ जीउ घाइते भइ छटपटाइ रहेको जनाइएकोछ। घटनास्थल वरपर गाडीका शिसा भेटिएकोले यो सडक दुर्घटना हुन सक्ने भएकोले यसको सत्यतथ्य पत्ता लगाई कानुनी कारबाही माग गरिएकोछ भनि उल्लेख गरि ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालका महासचिव शिव कुमार बस्नेतद्वारा जारी बिज्ञप्तीमा उल्लेख गरिएकोछ ।
पढ्नुस जस्ताको त्यस्तै बिज्ञपति: पुर्व-पश्चिम राजमार्गको कपिलबस्तु जितपुर- गोरुसिंगे सडक खण्डमा १० जीउ भन्दा बढी गाई गोरु मृत अवस्थामा भेटिएनुका साथै केही घाइते भइ छट्पटीएको अवस्थामा रहेकाछन यो गौ हत्या जस्तो गम्भीर घटना प्रति हाम्रो संस्था ॐ वैदिक सनातन धर्म संरक्षण अभियान नेपालको गम्भीर ध्यान आकर्षण भएकोछ । घटनास्थलको प्रकृति हेर्दा घटना स्थल वरपर गाडीका सिसाहरु फुटेको हुँदा यो सडक दुर्घटना गरेको हुनसक्छ, यस्ता जघन्य प्रकृतिका घटना प्रती खेद प्रकटका साथ घोर भत्सर्ना गर्दै यो घटनाको गहिरो अनुसन्धान गरि दोषीलाई कानुन कटघरामा ल्याइ हदैसम्मको कारबाहीका लागि सम्बन्धित निकायसंग हाम्रो संस्था जोडदार माग गर्दछ ।
