
Djs
Ses
Rgp1
Pbu
Pes
Lnp
Ggp
cjs
Rgp
pku
Gfs
Srbpu
Unsku
Sgr

Bbbpu
Rgs
Asm
Sls
Ssm
Ksm
Rsb
Ggd
Sbs
Hal
Rgu
Tsm
nsb
Wsp
Vor
Rgu
Bbu
Pvg
Gst

Bml
Jmb
bbt
Jmb
Mks
Gsb
Rpp
Syp
Ptm
sab
Rmb
Pls
Abd
दाङ । पछिल्लो समयमा बढ्दै गएको आँखा सम्बन्धी रोगको प्रकोपका कारण दाङको गढवा गाउँपालिका विद्यालयहरु आगामी साउन २८ गतेसम्म बन्द हुने भएका छन् ।
दिनानुदिन आँखाका बिरामी बढ्दै जान थालेपछि गढवा गाउँपालिकाले एक सुचना जारी गरी साउन २८ गतेसम्म विद्यालयमा पठनपाठन स्थगन गर्न अनुरोध गरेको हो ।
गढवा गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालय शिक्षा शाखाले आइतबार एक सूचना जारी गरी केही दिनदेखि बढ्दै गएको आँखासम्बन्धी प्रकोपका कारण बालिबालिकामा हुन सक्ने जोखिम न्यूनीकरणका लागि विद्यालयमा पठनपाठन बन्द गर्न आग्रह गरेको हो ।
‘केही दिन यता विद्यालय तथा समुदायस्तरमा बालवालिकाहरुको आँखा चिलाउने पाक्ने र रातो हुने समस्या दिन प्रतिदिन गुणात्मक रुपमा वृद्धि भइरहेको हुदाँ उक्त समस्यावाट बालबालिकाहरुमा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि मिति २०८०।०४।२८ गतेसम्म यस पालिका अन्तरगत सञ्चालित संस्थागत विद्यालयहरु बन्द गर्नु र गराउनु हुन आदेशानुसार सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । ’ जारी सूचनामा उल्लेख छ ।
सामुदायिक विद्यालयहरुमा भने यसअघि नै बर्खे बिदा गरिएको छ । बर्खे बिदापश्चात सामुदायिक विद्यालयहरु साउन २९ गतेदेखि सञ्चालन हुने छन् । पछिल्लो चरणमा देशका विभिन्न स्थानमा आँखासम्बन्धी रोगको प्रकोप बढ्दै जान थालेको छ । विद्यालय तथा समुदायस्तरमा यस्ता बिरामीको सङ्ख्या बढ्दै जान थालेको छ ।
