
Sgr
Ses
pku
Djs
Unsku
Ggp
Rgp
Rgp1
Gfs
Srbpu
cjs
Pbu
Pes
Lnp

Sbs
Ssm
Bbbpu
Vor
Tsm
Gst
Asm
Pvg
nsb
Rgu
Rgs
Ggd
Rsb
Wsp
Hal
Bbu
Rgu
Sls
Ksm

Jmb
Jmb
Bml
Rpp
Pls
Ptm
Syp
Rmb
Abd
Gsb
sab
bbt
Mks
दाङ । प्युठान जिल्लाको झिमरुक गाउँपालिका वडा नम्बर ७ तुषारा काप्रेखोला निवासी ३५ बर्षका नरेन्द्रबहादुर जिसी लाउलाउ खाउ खाउकै उमेरमा आफ्नो दुबै मिगौला बिग्रिएपछि आफ्नो जीवन बचाईदिन सबैसँग अनुरोध गरेका छन् ।
आर्थिक अवस्था निकै कमजोर भएका चौधरीको ३ वर्ष पहिले मात्रै टिचिङ हस्पिटल काठमाण्डौंमा दुबै मृगौला बिग्रिएको पत्ता लागेको थियो । वैदेशिक रोजगारीका शिलशिलामा साउदी गएका बेला उनी विदेशबाटै बिरामी भएर स्वदेश फर्किएका थिए । विदेशमा खासै राम्रो उपचार नभएपछि उनी नेपाल फर्किएर काठमाण्डौं स्थित टिचिङ हस्पिटलमा उपचार गराउँदा त्यहाँ रोग पत्ता लागेको जिसीले बताए ।
डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने भएको हुँदा आफुसँग भएको श्री सम्पत्ती सकिएकोले उपचारमा निकै समस्या भएको जिसीले बताउका छन् । आफ्नो उपचारमा हाल सम्म ८÷९ लाख रूपैयाँ खर्च भइसकेको उनले बताए । डाक्टरको सल्लाह बमोजिम हाल नरेन्द्रको लमहीमा डाइलेसिस भइरहेको छ । एक पटक डाइलेसिस गर्दा १५ सय देखि २५ सय रूपैयाँ सम्म खर्च हुने गरेको उनले बताए । करिव ७ वर्ष देखि विदेश बसेर आफ्नो गुजारा चलाउँदै आएको नरेन्द्र आफै बिरामी भएपछि परिवार बिचल्लीमा परेको छ । घरमा कमाउने मान्छे कोही नभएपछि केटाकेटीलाई समेत पढाउन गाह्रो भएको उनले बताए ।
२, ८ र १० वर्षका केटाकेटीलाई पढाउन समेत नसक्ने अवस्था आएको र कमाउने मान्छे नै थला परेपछि आफुले केही सोच्न समेत नसकिरहेको उनले बताए । पिडित जिसीले आफुलाई सरकारले दिएको निःशुल्क डाइलेसिसको सुविधा दिलाउन र जीवन बचाउनका लागि आर्थिक सहयोग गर्न सबैसँग अनुरोध गरेका छन् ।
सहयोग गर्न चाहनेहरुले मृगौला पिडित नरेन्द्र बहादुर जिसीको सिटिजन बैंकमा रहेको खाता नम्बर ०७५०१००००३२८५०४१ मा रकम जम्मा गरेर वा मोबाइल नम्बर ९७४१७०१७७६ मा सम्पर्क राखेर पनि सहयोग गर्न सक्नु हुने छ । यस्तै माल्टामा बस्ने उनका छोरा भक्तबहादुर थापाले नरेन्द्र बचाउ अभियान समेत चलाएका छन् । जसका लागि ह्वाटसव नम्बर +३५६७७९४५५६२ मा पनि फोन गरेर सहयोग गर्न सकिने छ ।
