Sidha Patra आइतबार, साउन २१, २०८०

धनगढी । सुदूरपश्चिममा लागुऔषधको समस्या विकराल बन्दै गएको छ। विशेष गरी कैलाली र कञ्चनपुरमा यस्तो समस्या भयावह बन्दै गएको सरोकारवालाको चिन्ता छ।

शनिवार मात्र मोटरसाइकलको ऐनाभित्र लागुऔषध लुकाइ राखेको अवस्थामा प्रहरीले एक युवालाई पक्राउ गरेको छ । शनिवार एकैदिन कैलालीको धनगढी र अत्तरियाबाट मात्र लागुऔषधसहित चार जना युवालाई पक्राउ गरिएको प्रहरीले बताएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर २ त्रिनगर ब्यारेल नजिकबाट लागूऔषधसहित गोदावरी नगरपालिका–५ का २९ वर्षीय दिपक राना पक्राउ परेका हुन्।

यस्तै एक ग्राम ३ सय ३० मिलिग्राम लागुऔषध सहित उनी शनिबार साँझ पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लागुऔषध लुकाई राखेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै गोदावरी नगरपालिका–२ अत्तरियाबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्। ८ सय २० मिलीग्रामसहित गोदावरी नगरपालिका–२ तेघरीका २७ वर्षीय तेजबहादुर खड्सहित तीन जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागुऔषधसहित पक्राउ गरेको हो। सीमा बजार भारतबाट दैनिक रुपमा लागुऔषध नेपाल आइरहेको भए पनि रोकथाम गर्न निकै चुनौति भइरहेको प्रहरी अधिकारीहरुले बताएका छन्। सीमापार जाने प्रायः युवाहरुले लुकाइछिपाइ लागुऔषध भित्र्याउने गरेका छन्। लागुऔषमा अधिकांश युवा संलग्न हुने गरेको पाइएको छ।दिनेशखबर

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]