
Ses
Gfs
Ggp
cjs
Srbpu
Unsku
Pes
Pbu
pku
Lnp
Djs
Rgp
Sgr
Rgp1

Rgs
Rgu
nsb
Gst
Bbbpu
Pvg
Sbs
Wsp
Sls
Rsb
Hal
Tsm
Rgu
Ggd
Bbu
Vor
Ksm
Asm
Ssm

Jmb
Syp
Abd
Bml
Ptm
Gsb
Mks
Rpp
Jmb
Pls
Rmb
bbt
sab
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ४ मौरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाले गाउँ गाउँमा सहकारी सचेतना कार्यक्रम सञ्चालन गरेको छ ।
सहकारीमा रहेका शेयर सदस्यलाई सहकारीको ज्ञान प्रदान गर्ने उद्देश्यले शनिवार राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर (स्वीजरल्याण्ड) मा सहकारी सचेतना कार्यक्रम सम्पन्न भएको छ । वार्षिक कार्ययोजना अनुसार नै कार्यक्रम सञ्चालन गरेको संस्थाका व्यवस्थापक शिशिर चौधरीले जानकारी दिएका छन् । सहकारीको अर्थ, शेयर सदस्यको काम, कर्तब्य र अधिकार, सहकारीको इतिहास, भविष्य तथा पाईरहेका सेवा सुबिधा, बचत तथा ऋण प्रवाह, संस्था स्थापना देखि हाल सम्मको आर्थिक अवस्था लगायतका विषयमा जानकारी गराइएको थियो ।
बसन्तपुर र भानपुर गाउँका ७७ जना शेयर सदस्यहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका अध्यक्ष जागेन्द्र चौधरी, लेखा संयोजक शरद चौधरी र व्यवस्थापक शिरि चौधरीले प्रशिक्षण दिएका थिए । शिक्षा उपसमितिका संयोजक हंशराज चौधरीको अध्यक्षता एवम् बसन्तपुर गाउँसुधार समितिका सल्लाहकार जलिराम चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । सो अवसरमा संस्थाले स्वीजरल्याण्ड पार्कका लागि एक वटा नल्की अर्थात हेण्डपाइप प्रदान गरेको छ । भरत चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका व्यवस्थापक शिशिर चौधरीले गरेका थिए ।

