
Syees
Ratbs
dsbus
Gsl
Rbs
Ssbus
Gsbus
Bksbus5
Pbu
syysr
Nssbus7
Ddhbs
Csbus
Jsbus
gms
Amb

Ggd
Rgs
Hal
Vor
nsb
Asm
Tsm
Sls
Ssm
Rgu
Gst
Rgu
Pvg
Rsb
Sbs
Bbu
Ksm
Wsp
Bbbpu

Ptm
Pls
sab
Jmb
Bml
Jmb
bbt
Rmb
Rpp
Abd
Gsb
Mks
Syp
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ मा रहेको गुरुकुरु ऐकेडेमीका छात्र शुभम पोख्रेल र छात्रा अजिता अधिकारी घोराही नगर प्याव्सनद्वारा सम्मानित भएका छन् । नगर भित्र छात्र तर्फ ४ जिपिए ल्याई गुरुकुल एकेडेमीका सुभम् पोख्रेल प्रथम भएका थिए भने छात्रा तर्फ गुरुकुल ऐकेडेमीकै अजिता अधिकारी प्रथम भएकि थिइन ।
प्राइभेट तथा बोर्डिङ स्कुल अर्गनाइजेशन नेपाल (प्याव्सन) घोराही नगर कमिटीले प्रत्येक वर्ष नगर भित्र प्रथम विद्यार्थीहरुलाई सम्मानित गर्ने गर्दछ । सोहि कार्यक्रम अन्तर्गत यस वर्ष अर्थात २०७९को एसइईको परिक्षामा सम्मिलित भई प्रथम स्थान हासिल गरेको भन्दै गुरुकुल एकेडेमीका छात्र शुभम पोख्रेल र छात्रा अजिता अधिकारीलाई सम्मान गरेको प्याव्सन घोराही नगर कमिटीका सचिव वालकृष्ण वलीले जानकारी दिनुभयो ।
त्यस्तै छात्र तर्फ प्रथम भएका शुभम पोख्रेल गुरुकुल एकेडेमीको स्थापनाकालदेखिकै विद्यार्थी हुन् । उनि २०७२ सालदेखि गुरुकुल एकेडेमीमा कक्षा २ बाट अध्यण गर्दै आएका थिए । सानै उमेरदेखि निकै सरल र मिजासिला स्वाभावका शुभम पोख्रेल निकै मेहनति र लगनशिल थिए । जसको फल स्वरुप उनि इसर्ईईमा ४ जिपिए लिएर नगर प्रथम मात्र भएनन नेपाल प्रथमकै स्थानमा उनि पुगेका छन् । सोहि स्थानमा पुगेको अवसरमा शुभम पोख्रेल जिल्ला बाहिर भएका कारण उनका बुवालाई नगद र प्रमाण पत्रले सम्मान गरिएको हो भने छात्रा तर्फ ३.९५ जिपिए ल्याई प्रथम हुने गुरुकुलकै अजिता अधिकारीलाई पनि नगद र सम्मान पत्रले सम्मान गरिएको प्याव्सन घोराही नगर कमिटीका अध्यक्ष विरेन्द्र चन्दले बताउनु भयो । नगर अध्यक्ष विरेन्द्र चन्दको अध्यक्षता तथा शिक्षक नारायण प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण संस्थाका सचिव वालकृष्ण वलीले गर्नु भएको थियो ।
