काठमाडौं । विश्व हिन्दु महासंघ राष्ट्रिय समितिले मधेस प्रदेश भेला गर्न तयारी थालेको छ । शुक्रबार महासंघका प्रतिनिधि तथा साधु सन्तहरुले मुख्यमन्त्री सरोज यादव,जानकी मन्दिरका मठाधिश तथा विभिन्न धार्मिक,समाजिक ब्याक्तित्वहरुसंग भेटघाट गरेको छ ।
लगत्तै केन्द्रिय समितिले प्रदेशको खाका सार्वजनिक हुने केन्द्रिय सदस्य शिरोमणि ओझाले बताउनुभयो । यस्तै मुख्यमन्त्री यादवले धार्मिक सद्भाव कायम राख्दै गरिने कार्यक्रमलाई प्रदेश सरकारको पुर्ण सहयोग रहने प्रतिबद्धता जनाउनु भएको छ ।