दिनेश रैदाश मंगलबार, साउन १६, २०८०

दाङ । लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाकाे आयाेजना र अजम्मरी सामुदायिक वन उपभोक्ता समूहकाे सहयाेगमा संस्थाकाे एक घर एक बिरुवाकाे नितिलाई पुरा गर्न सोमबार वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

खानेपानी संस्थाले वनको डम्पिङ साईड पश्चीम पट्टि तारबार गरेकाे १७ बिगाहा क्षेत्रमा विभिन्न जातका विरुवाहरूलाई एक कार्यक्रमका बिच वृक्षाराेपण कार्य सम्पन्न गरेकाे हो ।

संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीकाे अध्यक्षता तथा अजम्मरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पवन शर्मा रिजालको प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख अतिथिकाे आसनबाट बाेल्दै बृक्षाराेपण गर्ने काम आफैमा ठुलाे काम हाे पानी र रुखकाे सम्बन्ध नङ र मासुकाे सम्बन्ध जस्तो रहेका कारण यस्ता कामलाई सामाजिक संस्थाले निरन्तर रुपमा हरेक वर्ष गर्नु पर्ने र आबश्यक पर्ने साथ सहयाेग सामुदायिक वनकाे रहने कुरा ब्यक्त गर्नु भयाे।

अध्यक्षताकाे आसनबाट बाेल्दै खानेपानी संस्थाका अध्यक्ष जंग बहादुर चाैधरीले वृक्षाराेपणकाे काम संस्थाकाे नियमित कार्यक्रम रहेकाले हरेक वर्ष यस प्रकारका कामलाई निरन्तरता दिने कुरा ब्यक्त गर्नु भयाे। खानेपानी संस्थाका बरिस्ठ सल्लाह दन्डिराम चाैधरीकाे स्वागत मन्तब्यबाट सुरु भएकाे कार्यक्रम संस्थाका सचिब बसन्त आचार्यले सञ्चालन गर्नु भएकाे थियाे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]