
Srbpu
Pes
Ses
Unsku
Sgr
Djs
Rgp1
cjs
Ggp
pku
Lnp
Pbu
Rgp
Gfs

Ssm
Pvg
Bbu
Bbbpu
Rsb
Rgs
Rgu
Ggd
Ksm
Asm
Wsp
Hal
Rgu
Sbs
Vor
Tsm
nsb
Sls
Gst

Rpp
Pls
Bml
Ptm
bbt
Abd
Syp
Jmb
Mks
Rmb
sab
Gsb
Jmb
दाङ । दाङमा १७ किलो सुकुटी सहित तीन जना पक्राउ परेका छन् ।
घोराही उपमहानगरपालिका वडा नम्बर ३ कुईरेपानी जंगलको बाटोमा आवतजावत गर्ने सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा सुकुटी सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।
लमहीदेखि घोराही तर्फ जादै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाईकल र संगै रहेको बा ९१ प ११०७ नम्बरको मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल पछाडी सवार करण केसीले प्लाष्टिकको जेब्रा झोलामा चितलको मासु जस्तो देखिने सुकुटी जन्य पदार्थ राखेको ट्राफिक प्रहरीले फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवं (प्रवक्ता) राजनकुमार गौतमले जानकारी दिनु भयो ।
त्यस्तै उक्त १७ किलो रहेको सुकुटी जस्तो पदार्थ बोकी ल्याउने लमही नगरपालिका ६ बस्ने वर्ष ४५ का नुरबहादुर कुमाल, गढवा गाउँपालिका वडा नम्बर ६ बस्ने वर्ष ३० का मनोज थापा मगर र गढवा ६ कै ३१ वर्षका करण केसीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय घोराही दाङमा बुझाईएको प्रहरीले जनाएको छ ।
