
cjs
Pes
Rgp
Pbu
Rgp1
pku
Ggp
Srbpu
Ses
Sgr
Gfs
Djs
Unsku
Lnp

Gst
Pvg
nsb
Ksm
Sls
Rgs
Tsm
Rgu
Vor
Bbbpu
Rsb
Sbs
Bbu
Rgu
Ggd
Hal
Asm
Ssm
Wsp

Ptm
Pls
Jmb
sab
Rpp
Abd
Rmb
Gsb
Bml
bbt
Jmb
Mks
Syp
दाङ । देउखुरीमा सरकारी गाडीले मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ७ बनगै जँगलमा आईतबार बेलुका साढे ५ बजे गाडीले मोटरसाईकललाई ठक्कर दिएको हो ।
पश्चिमबाट पुर्व जाँदै गरेको सरकारी नम्बर प्लेट भएको बा २ झ ४५४६ नम्बरको महिन्द्रा पिकअप गाडीले पुर्बबाट पश्चिम तर्फ जाँदै गरेको रा ३ प ५५९८ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा २ जना गम्भीर घाइते भएका हुन ।
घाईते हुनेमा लमही नगरपालिका वडा नम्बर ९ तेलिया निवासी बर्ष ५२ का भिम बहादुर कुमाल र सोही ठाउँ निवासी बर्ष ३३ का अमृत राजकोटी रहेका छन । कुमालको खुट्टा र टाउकोमा गहिरो चोट छ भने राजकोटीको पनि खुट्टामा चोट छ । गाडीका चालक फरार रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख शँकर श्रेष्ठले बताए ।

