ओमप्रकाश गुप्ता आइतबार, साउन १४, २०८०

दाङ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ पुल्चोक बजारमा सडकमा हिड्ने बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको छ ।

बाटो क्रस गर्ने बेला जेब्रा क्रसको प्रयोग गरौ, सवारी साधन तिब्र गतिमा नहाकौ, आफू पनि बचौं र अरुलाई पनि बचाउँ भन्ने मुल नाराका साथ ट्राफिक सचेतता मुलक कार्यक्रम अन्तरगत आशाका किरण संस्थाको विशेष पहलमा ईलाका प्रहरी कार्यलय भालुवाङ, अस्थायी ट्राफिक प्रहरी पोष्ट भाउवाङ, स्काउट र लिटिल एन्जल्सको सहयोग तथा समन्वयमा बटुवाहरूलाई ट्राफिक नियम सिकाउन थालिएको हो ।

हात- हातमा संदेशमुलक प्ले कार्ड बोकेर पुल्चोक बजारको विभिन्न चोकहरूलाई लाइनबद्व उभिएर ट्राफिक प्रहरी सँगै, आशाका किरण, स्टाउट र लिटिल एन्जल्सका विद्यार्थीहरूले करिव १ घण्टा बटुवाहरूलाई ट्राफिक नियमका बारेमा जानकारी गराएका थिए ।

लुम्बिनी प्रदेशको राजधानी क्षेत्रको मुख्य बजार भालुवाङ लगायत राजमार्ग क्षेत्रका विभिन्न बजार क्षेत्र तथा सडकहरूमा ट्राफिक नियमको पालना नगर्दा दुर्घटनाको जोखिम बढिरहेका बेला ट्राफिक प्रहरी सँगै राप्तीका क्रियाशील संघ संस्था र विद्यार्थीहरूले ट्राफिक नियमका बारेमा बटुवाहरूलाई जानकारी गराउन थालेका छन् । कार्यक्रममा आशाका किरण संस्थाका अध्यक्ष अशोक बेल्वासे, इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी नायव निरिक्षक गोगनसिंह ठकुरी, स्काउटका छवि कंडेल, पत्रकारहरू ओमप्रकाश गुप्ता, सन्तोष थापा, विदुर एमसी लगायतको सहभागीता रहेको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]