तुलबहादुर कवँर मगर/राप्ती गाउँपालिका शनिबार, साउन १३, २०८०

दाङ । राप्ती गाउँपालिका दाङका महिलाहरुलाई आत्मनिर्भर बनाउने उदेश्यले एक हप्ते लेडिज फेसन डिजाईनर तालिम सुरु भएको छ ।

नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीकाे आयोजनामा उक्त तालिम सुरु गरिएको हाे। तालिमको शुक्रबार राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले उद्घाटन गर्नु भएको छ ।उद्घाटन कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले महिलाहरुको आर्थिक स्तर सुधार गर्दै आत्मनिर्भर बनाउने र क्षमता अभिवृद्धि गर्नका लागि फेसन डिजाईनर तालिमकाे महत्त्वपूर्ण भूमिका रहने बताउनुभयो ।

त्यस्तै उहाँले पछिल्लो समय आफ्नो माैलिक पाेषक भन्दा पनि आयातीत पश्चिमा फेसनको बढी प्रयोग भएको भन्दै लेडिज फेसन डिजाइनर तालिममा स्वदेशी माैलिक पाेषकहरुलाई बडवा दिनु पर्ने कुरामा जाेड दिनु भयो ।

सिलाई सम्बन्धी व्यवसाय गर्दै आएका महिलाहरुलाई अझै प्रभावकारी रुपमा व्यवसाय संचालन गर्न फेसन डिजाइनर तालिम संचालन गरिएको नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दामाईले जानकारी दिनु भयो ।

राप्ती गाउँपालिकाका नाै वटै वडाका ३० जना महिलाहरूकाे सहभागीता रहेको तालिमकाे प्रशिक्षक मनु थापा रहनु भएको छ । तालिम राप्ती गाउँपालिका -२ बराखुटी स्थित करम्दी सामुदायिक वन काे हलमा संचालन हुने बताइएको छ।

उद्घाटन कार्यक्रम नेपाल कपडा तथा सिलाई व्यावसायिक संघ राप्तीका अध्यक्ष लिलाधर दमाईकाे अध्यक्षता तथा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]