
Pbu
Rgp1
cjs
Pes
pku
Gfs
Lnp
Rgp
Unsku
Sgr
Ggp
Ses
Djs
Srbpu

Wsp
Rsb
Ksm
Asm
Rgu
Vor
Bbu
nsb
Gst
Sls
Ssm
Rgs
Pvg
Bbbpu
Ggd
Hal
Sbs
Rgu
Tsm

Pls
Jmb
Rpp
Ptm
Gsb
Syp
Rmb
sab
Abd
bbt
Jmb
Mks
Bml
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको मातहतमा रहेको अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङले स्वरुप परिवर्तन मोडिफाई बुलेट मोटरसाइकल एवं सवारी साधनलाई कारबाही गरेको छ ।
साईलेन्सर पाईपको स्वरूप परिवर्तन (मोडिफाई) गरी ठुलो आवाज निकाली (ध्वनी प्रदुषण) गरी चलाएका मोटरसाईकलहरूलाई कार्यालयको नियन्त्रणमालिई कम्पनीकै साईलेन्सर पाईप राख्न लगाई आवश्यक कानुनी कारबाही गरी सम्बन्धित सवारी धनीहरूलाई जिम्मा लगाउने गरेको
अस्थाई ट्राफिक प्रहरी पोस्ट भालुवाङका इन्चार्ज ओम प्रकाश कुर्मीले बताउनु भयो ।
विशेष गरि बुलेट बाईकहरुमा यो समस्या देखिने गरेको उहाँको भनाई छ ।‘बाईकको साईलेन्सर परिबर्तन गरि ठुलो आवाज आउने भएकाले ध्वनि प्रदुषण भएको गुनासो आउन थालेपछि हामीले त्यस्ता बाईकहरुलाई निगरानी गर्न थालेका हौँ’ उहाँले भन्नुभयो बुलेट बाईकहरुमा यो समस्या देखिएको छ । विशेष गरि स्वरुप परिवर्तन मोडिफाई बाईकलाई कारबाही गरिएको छ ।’ कुर्मीले बाईकहरु मोडीफाई नगर्न अनुरोध गर्दै ट्राफिक नियमको पालना गर्न सम्पूर्णमा अनुरोध गर्नुभयो ।
त्यस्तै यता जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सवारी तथा यातायात व्यवस्था ऐनमा स्वरूप परिवर्तन गरी सवारी चलाएमा सोही ऐन बमोजिम कारबाही हुने जानकारी दिनुभएको छ । 
