
Ddhbs
Pbu
Jsbus
Amb
Gsbus
gms
Gsl
Ratbs
Syees
Csbus
Bksbus5
Ssbus
Nssbus7
Rbs
dsbus
syysr

Hal
Asm
Tsm
nsb
Vor
Wsp
Rgs
Rsb
Sls
Rgu
Gst
Bbbpu
Rgu
Pvg
Sbs
Ksm
Bbu
Ssm
Ggd

Rmb
Bml
Jmb
Syp
Jmb
Ptm
bbt
Mks
sab
Abd
Pls
Gsb
Rpp
दाङ । विद्यालयको हरेक कक्षा कोठाहरुमा सिसी क्यामरा जडान गरिएको छ । प्लेग्रुप, नर्सरी देखि युकेजी सम्म २ जनाका दरले शिक्षक र संरक्षक राखिएको छ ।
कक्षाकोठामा वालमैत्री भौतिक संरचनाको साजसज्जा सहित लोभलाग्दो दृष्य । विद्यालयका सबै छात्र–छात्रा हरुकालागि अलग स्मार्ट शौचालय अलग अलग क्षेत्रमा ब्यवस्थापन गरिएको छ । शिक्षक कर्मचारीले पनि त्यही शौचालय प्रयोग गर्नुहुन्छ । हरेक कक्षा कोठाको पठन–पाठन सिसी क्यामराको माध्यमबाट अफिसमा राखिएको कम्प्युटरबाट विद्यालयका प्रिन्सिपलले निगरानी गर्नुहुन्छ । प्रसंग हो देउखुरीको गढवा–६ लमही कोइलाबास रोडमा नयाँ संरचना र ब्यवस्थापनका साथ संचालनमा आएको भ्याली पब्लिक इंगलीस बोर्डिङ स्कूलको । कक्षा कोठा र कार्यालयको ब्यवस्थापन हेर्दै लोभलाग्दो छ ।
विद्यालयले पहिलो त्रैमासिक परिक्षाको नतिजा प्रकाशन गर्दा विद्यालयको वार्षिकोत्सव जस्तै खचाखच अभिभावकहरुको बाक्लो उपस्थिती देखिन्थ्यो । विद्यालय र कक्षामा प्रथम,द्धितिय र तृतिय हुने विद्यार्थीहरुलाई शिरमा टोपि सजाएर सम्मान तथा पुरस्कृत गरिदै थियो । ब्यवस्थापन पक्षलाई नियाल्दा त्रिबिबिको दिक्षान्त समारोहको झझल्को देखिन्थ्यो । यस विद्यालयले हरेक शुक्रवार विद्यार्थीहरुलाई पुस्तक नबोकेर बिद्यालय आउन निर्देशन गर्ने गरेको र शुक्रवार नो बुक डे का रुपमा अतिरिक्त कृयाकलाप तथा स्थलगत अध्ययन भ्रमण गराउने गरेको प्रिन्सिपल रोशन धितालले बताउनुभयो ।
यसैबिच विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष स्वामीदयाल यादवको अध्यक्षता र शिक्षाप्रेमी बुद्धिजिवी तथा शेयर सदस्य पुर्ण बहादुर ओलीको प्रमुख आतिथ्यमा शुक्रवार पहिलो त्रैमासिक परिक्षाको नतिजा सार्वजनीक गर्दै उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कृत गरिएको संचालक समितिका अध्यक्ष कृष्ण घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालय र विद्यार्थीलाई कसरी राम्रो र गढवा क्षेत्रमै मोडेल बनाउने विषयमा केन्द्रित रही संचालकहरु खिमबहादुर बुढा मगर र गोबिन्द ओलीले बोल्नु भएको थियो । कार्यक्रमको संचालन विद्यालयका प्रिन्सिपल रोशन धिताल र शिक्षीका शिबा केसीले गर्नुभएको थियो ।


