
Pbu
Unsku
Pes
Djs
pku
cjs
Ses
Rgp1
Rgp
Ggp
Gfs
Sgr
Srbpu
Lnp

Rgu
Pvg
Rgs
Ksm
Bbbpu
nsb
Bbu
Ssm
Rgu
Gst
Vor
Ggd
Sbs
Rsb
Wsp
Hal
Sls
Asm
Tsm

Abd
Bml
Syp
sab
Jmb
Mks
bbt
Jmb
Rpp
Pls
Gsb
Ptm
Rmb
दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ्ग बाट ५ जना सडक मानवलाई उद्धार गरिएको छ ।
केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुकाे बिहीबार दिउँसो उद्धार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाकाे अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्धार गरी निलसागर सेवा आश्रमकाे केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यलय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हाे ।
उद्धार गरिएका मध्ये २ जनालाई आश्रमकाे शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि ३ जनालाई केन्द्रीय कार्यलय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरीले जानकारी दिनु भएको छ।
उद्धार गरिएका पाँचै जना नेपाली समुदायका हुन्।
केही दिनदेखि साे क्षेत्रमा बेवारिसे अबस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्धार गरिएको हाे।
पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चाैधरी,वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चाैधरी,ईलाका प्रहरी कार्यालय भालुबाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह,समाजसेवी तपराज आचार्य, माधव खनाल लगायतको सहभागीतामा उनीहरुकाे उद्धार गरिएको हो ।
