
Lnp
pku
Djs
Gfs
Sgr
Ggp
cjs
Pbu
Srbpu
Unsku
Rgp1
Rgp
Pes
Ses

Bbbpu
Pvg
Gst
Bbu
Rsb
Rgu
Wsp
Sls
Ksm
Rgs
Tsm
nsb
Vor
Sbs
Asm
Ggd
Rgu
Ssm
Hal

Jmb
Bml
Jmb
Gsb
Ptm
Rpp
Abd
Mks
Syp
Pls
Rmb
bbt
sab
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सोमबार मैतीदेवी–पशुपतिनाथ धार्मिक यात्रा गरेको छ । हिन्दुराष्ट्रको पुनर्स्थापना, हिन्दुत्वको रक्षा एवं धार्मिक जागरणका लागि राप्रपाको नेपाल सनातन धर्म संस्कृति संगठनले धार्मिक पदयात्रा गरेको जनाएको छ ।
मैतीदेवी मन्दिरमा भेला भई विभिन्न धार्मिक गतिविधि गर्दै पशुपतिनाथ मन्दिरसम्म पदयात्रा गरिएको छ । पदयात्रामा राप्रपाका नेता, धार्मिक क्षेत्रका अगुवा, सामाजिक जीवनका विशिष्ट व्यक्ति, समान विचार भएका व्यक्ति, समूह, संस्थालगायतको सहभागिता थियो ।
नेपाल सनातन धर्म संस्कृति सङ्गठनका अध्यक्ष पुष्पराज पुरुषले हिन्दूधर्म तथा संस्कृति अहिले कमजोर बन्दै गएकाले यसको महत्वलाई बढाउन यात्रा आयोजना गरिएको जानकारी दिए ।‘यस धर्ममा पुजिने हरेक देवीदेवताका आआफ्ना गुण र विशेषता छन् । त्यसमध्ये देवका पनि देव मानिने महादेव शिव विशेष हुन्’, उनले भने, ‘साउनको महिना शिवलिङ्गको पूजा गर्ने अर्थात् सृष्टि, प्रकृतिको पूजा गर्ने र आफूभित्रको संसारलाई चिन्ने महिनाका रुपमा लिने गरिन्छ ।’अनलाइनखबर
