
Ggp
Asbus
Ggp
Ksbus
Rgp
Msbus
Ksbus
Sdc
Lnp

दाङ । घोराही उपमहानगर पालिकाको एक आधारभूत विद्यालयमा विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान दिन बिज्ञान पार्क निर्माणको थालनी गरिएकोछ।
घोराही उपमहानगरपालिका वडा नम्बर १ सिमलतारा आधाभूत विद्यालयमा बिज्ञानसंग सम्बन्धित विभिन्न सामाग्रीहरु राखी बिज्ञान पार्कको निर्माण कार्य अगाडि बढाइएको हो । उक्त पार्क भित्र उत्तोलकको ज्ञान दिन ढिक्की,घिर्नीको ज्ञान दिन कुवामा पानी तान्ने घिर्नी,फूलको जीवन चक्र लगायतका संरचना निर्माण गरिएका छन् ।
पार्क भित्र सनिवार वृक्षरोपण कार्यक्रमको आयोजना समेत गरिएको थियो । डिभिज वन कार्यालय घोराहीका डिभिजनल वन अधिकृत मोहन श्रेष्ठ र १ नम्बर वडाका अध्यक्ष राममणी पाण्डेले संयुक्त रुपमा विरुवा रोपी उद्घाटन गरिएको कार्यक्रममा फक्स टेल,क्रोटन, फेन्सील पाइन , गोल्डेन धुपी,क्रीसमस ट्री,मसुन्डा, एलामुण्डा, सितारा,फस्ट लभ, लण्डन धुपी,इन्द्रकमल र फाइकस लगायतका सौन्दर्य परक प्रजातीका १ सय ५० बोट बिरुवा रोपण गरिएको छ।
विद्यार्थीहरुलाई फिजिक्स,बायोलोजी तथा वोट्नीको ज्ञान दिन सजिलोहोस भनि बिज्ञान पार्कको नयाँ अवधारणा ल्याइएको डिभिजनल वन अधिकृत श्रेष्ठले जानकारी दिए। सानो ठाउँबाट धेरै भन्दा धेरै बोट बिरुवाको ज्ञानहोस भनि यो पार्कमा बिज्ञानसंग सम्बन्धित चिजबिज राख्ने योजना अगाडि बढाइएको डिभिजनल वन अधिकृत श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, अभिभावक तथा विद्यार्थीहरु गरि ५५ जनाको उपस्थिति रहेको थियो। विद्यालय हाता भित्रै रहेको सो पार्कमा क्रमिक रुपमा बिज्ञान संग सम्बन्धित सामाग्री राख्ने दीर्घकालीन योजना रहेको जनाइएको छ।


