
Sgr
Lnp
Unsku
pku
Pbu
Srbpu
Rgp
Ggp

Hal
Ssm
Vor
Pvg
Gst
Rgs
Ksm
Rgu
nsb
Sls
Sbs
Tsm
Wsp
Rsb
Ggd
Asm
Rgu

Pls
Ptm
Bml
Rpp
Mks
Gsb
Syp
काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनास्थलमा पाँच जनाको शव भेटिएको छ । सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले पाँच जनाको शव भेटिएको र एक जनाको खोजी कार्य भइरहेको जानकारी दिए ।
उक्त घटना स्थलमा पाँच जनाको शव भेटिएको छ । थप एक जनाको खोजी भइरहेको छु, उनले शिलापत्रसँग भने । उनका अनुसार रुखमा ठोक्किएर हेलिकोप्टर दुर्घटनामा परेको अनुमान छ ।
सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकप्टर लिखुपिके गाउँपालिका वडा नम्बर ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनामा परेको हो ।
हेलिकप्टरमा पाँच जना मेक्सिकन नागरिक रहेका थिए । उनीहरू माउन्टेन फ्लाइट गरेर फर्किंदै थिए । एबरिका गोन्जालेक्स,फर्नान्डो सिफुग्नेट्स, ओलासियो गोन्जालेज, रिनकन इस्माइल र मारिया होजे सिफुन्तेस रहेका थिए । हेलिकप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए ।
