
Pes
Pbu
Djs
Rgp
Lnp
Sgr
sbs
Ggp
cjs
Rgp1
Srbpu
Gfs
pku
Unsku

Sls
Ssm
Bbu
Tsm
Wsp
Gst
Asm
Vor
Rgu
Rgu
Sbs
Bbbpu
Rgs
nsb
Ggd
Ksm
Hal
Pvg
Rsb

Ptm
sab
Rpp
Jmb
Syp
Jmb
Bml
Abd
bbt
Gsb
Mks
Rmb
Pls
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरूले विद्यालयको साैन्दर्यकरणका लागि बिहीबार वृक्षारोपण गरेका छन् ।
विद्यालय क्षेत्रभित्र र बाहिर गरि कुल ६८ कठ्ठा जग्गामा वर, मसला, सगुन, सिसौ,जाबुन,गुलमोर, निम,साज,कपुर लगायत प्रजातीका २ हजार ५ सय बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । डिभिजन वन कार्यालय देउखुरी लमहीले उपलब्ध गराएको ती बिरुवा खाली रहेको जग्गामा रोपण गरिएको रिजालले बताउनु भयो ।
वृक्षारोपणले विद्यालयको सुन्दरता बढ्नुका साथै वातावरण समेत सफा स्वच्छ हुने आफुले विश्वास लिएको प्राचार्य रिजालले बताउनु भयो । गोरखा ग्रुपका उपाध्यक्ष विष्णु घर्तीको अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरी लमहीका डिभिजनल अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो ।
वृक्षारोपण उद्घाटन कार्यक्रममा बोल्दै डिभिजनल अधिकृत क्षेत्रीले सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एक अर्कालाई प्रभाव पारिरहेको बताउनु भयो । कार्यक्रममा संचालक समितिका सदस्य बालकृष्ण रोका लगायतले बोल्नु भएको थियो भने कार्यक्रममको सञ्चालन विद्यालयका शिक्षक खेमराज कोइरालाले गर्नु भएको थियो ।

