ओमप्रकाश गुप्ता बिहिबार, आषाढ २१, २०८०

दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेण्डरी स्कुलका विद्यार्थीहरूले विद्यालयको साैन्दर्यकरणका लागि बिहीबार वृक्षारोपण गरेका छन् ।

विद्यालय क्षेत्रभित्र र बाहिर गरि कुल ६८ कठ्ठा जग्गामा वर, मसला, सगुन, सिसौ,जाबुन,गुलमोर, निम,साज,कपुर लगायत प्रजातीका २ हजार ५ सय बिरुवा रोपण गरिएको विद्यालयका प्रधानाध्यापक लोकमान रिजालले जानकारी दिनु भयो । डिभिजन वन कार्यालय देउखुरी लमहीले उपलब्ध गराएको ती बिरुवा खाली रहेको जग्गामा रोपण गरिएको रिजालले बताउनु भयो ।

वृक्षारोपणले विद्यालयको सुन्दरता बढ्नुका साथै वातावरण समेत सफा स्वच्छ हुने आफुले विश्वास लिएको प्राचार्य रिजालले बताउनु भयो । गोरखा ग्रुपका उपाध्यक्ष विष्णु घर्तीको अध्यक्षता एवम् डिभिजन वन कार्यालय देउखुरी लमहीका डिभिजनल अधिकृत राजु क्षेत्रीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको उद्घाटन गरिएको थियो ।

वृक्षारोपण उद्घाटन कार्यक्रममा बोल्दै डिभिजनल अधिकृत क्षेत्रीले सिङ्गो विश्व वातावरण प्रदूषणको समस्याले पिरोलिएको बताउँदै वनस्पति, प्राणी तथा मानिसको गुणात्मक तथा परिमाणात्मक स्वरूपले एक अर्कालाई प्रभाव पारिरहेको बताउनु भयो । कार्यक्रममा संचालक समितिका सदस्य बालकृष्ण रोका लगायतले बोल्नु भएको थियो भने कार्यक्रममको सञ्चालन विद्यालयका शिक्षक खेमराज कोइरालाले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]