
Rgp
Rgp
lnp
Rgp
ksb
Usb
Sgp
Jns
Rgp
Lnp
Dus
Asb
Ggp
Ggp
Lks

lms

दाङ । पछिल्लो २४ घण्टामा देशभर ४३ सय,६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कुल संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले १८ हजार ४७३ जनाको पिसिआर परीक्षण गर्दा ४३६४ जनालाई संक्रमण देखिएको जानकारी दिए।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा २५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा २ हजार ६ सय ७५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७१ हजार ३ सय ४३ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको मन्त्रालयले जनाएको छ।
