
Lnp
Ksbus
Ggp
Ggp
Msbus
Ksbus
Asbus
Rgp
Sdc

दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पूर्व-पश्चिम सडक-खण्ड भएर दैनिक हजारौंसम्म यात्रु ओहोरदोहोर गर्छन् ।
‘सडक कालोपत्रे त भयो । तर, पुल नबनेपछि के लाग्छ र ! बरु बाटो पिच नहुँदा त जसोतसो हिँड्न सकिने रहेछ! तर बर्खा याममा खोलाले त बाटो नै ठप्प गराइदिन्छ । दुई वर्ष अगाडी नै सडक कालोपत्रे भए पनि गढवा देखि पश्चिम राजपुर जोड्ने सडकखण्डमा पर्ने विभिन्न खोलामा पुल अझै पनि नबन्दा स्थानीयले सास्ती व्यहोर्नुपरेको छ । दामोदर राजमार्गमा सूचीकृत उक्त सडकखण्ड कालोपत्रे भए पनि पक्की पुल नहुँदा सामान्य खोला बढ्दासमेत सवारी साधन रोकिन बाध्य भएका छन् ।
राजमार्ग क्षेत्रमा विभिन्न खोलामा पक्की पुल आवश्यकता भए पनि सडक निर्माण गर्दा पुललाई प्राथमिकतामा नराख्दा वर्षायाममा साना तथा ठूला सवारी साधन आवाजजावतमा समस्या हुने गरेको छ। विशेष गरि चनन्नपुर,सोमाइथान खोला लगायतका बिच-बिचमा पर्ने थुप्रै खोलालेले धेरै अप्ठ्यारो बनाएको छ।
राजपुरबाट गढवा र लमही अध्ययन अध्यापनका लागि दैनिकी जाने विद्यार्थीहरुलाई समेत बर्खा मौसममा झन् अप्ठ्यारो पर्ने गर्दछ। खोला ओहोर दोहोर गर्न विद्यार्थीदेखि लिएर कर्मचारीसम्म समेत सास्ती भोग्न परेको छ । पढ्ने विद्यार्थीलाई सधैँ खोला तर्नुपर्ने बाध्यता छ। ‘विद्यार्थी विद्यालय र घर नपुग्दा अभिभावकलाई बर्सातका बेला निकै चिन्ता हुने गरेको छ।’ यहाँका स्थानीयको नातादेखि खेतीसम्म पनि वारिपारि छ । तर, खोलामा पुल सम्पन्न हुन नसक्दा दैनिक आवतजावत गर्नेलाई समस्या छ। पुल सम्पन्न नहुँदा खोलाबाटै कठिन यात्रा गर्नुपरेको स्थानीयवासी र गाडी चालकहरुको भनाइ थियो ।
दृश्यमा देखाइएको तस्बिर राजपुर गाउँपालिका वडा नं २ र ३ को सिमा क्षेत्रमा पर्ने सोमाइथान खोलाको हो। खोलामा निर्माणाधीन यो पुल बन्न थालिएको वर्षौं पूरा हुँदा पनि अलपत्रै छ । गाउँपालिकाका पूर्व-पश्चिम जोड्ने पक्की पुल अझैसम्म पूरा हुनसकेको छैन । इलाइट प्यासिफिक जे.भी. निर्माण कम्पनीमा ठेक्का सम्झौता गरिएकोे पक्की पुल हालसम्म पनि सम्पन्न नहुँदा स्थानीयवासी निराश भएका छन् ।
