
Rgp
Ksbus
Ksbus
Sdc
Msbus
Ggp
Ggp
Asbus
Lnp

दाङ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत असार २० गते बुधबार दाङका एसपी ओली अपराध मुक्त समाजको लागि युवा सचेतना कार्यक्रम लिएर घोराही उपमहानगरपालिका पद्मोदय क्याम्पसमा पुगेका छन् ।
जिल्ला प्रहरी कार्यालय दाङ र सामुदायिक सेवा केन्द्र घोराही दाङको संयुक्त आयोजना तथा पद्मोदय क्याम्पसको ब्यवस्थापनमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सामुदायिक सेवा केन्द्र घोराही दाङका अध्यक्ष आर.के. शितलको अध्यक्षता एवं जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी वीर बहादुर ओलीको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख किरण पौडेलको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
क्याम्पसमा अध्ययनरत अन्दाजी ७० जना विद्यार्थीहरुको सहभागितामा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी ओलीले आत्महत्या, जबरजस्ती करणी,साईवर अपराध,बाल विवाह,बहु विवाह,जातिय छुवाछूत,यौन दुर्ब्यवहार लगायत अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धमा सचेतनामूलक प्रशिक्षण दिनु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
