Sidha Patra मंगलबार, आषाढ १९, २०८०

काठमाडौं । अवैध बाटो भएर अमेरिका पुगिसकेका १७८ जना नेपालीलाई नेपाल फर्काइएको छ । अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो ।

मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रुपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस,ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ भने दुबई, रुस र थाइल्यान्डको बाटो पनि प्रयोग गर्ने गरेको पाईएको छ ।

जुनसुकै बाटो प्रयोग गरे पनि अत्यमा ब्राजिल पुगेर त्यहाँबाट अमेरिका छिर्ने गरेको पाईन्छ । यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइएको छ। युरोप र अमेरिका छिर्ने लोभमा कतिपय युवाहरु बेचबिखन र तस्करीमा समेत पर्ने गरेको पाईन्छ ।

ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷७६ मा अमेरिका पुगेका ४५ जना पुरुष, ०७६/७७ मा ८१ पुरुष र २ जना महिला,०७७/७८ मा २८ जना पुरुष र दुई जना महिला, ०७८/७९ मा १३ जना पुरुष र २०७९/८० मा ७ पुरुष डिपोर्ट भएको तथ्यांक छ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]