
Csbus
Rbs
Bksbus5
dsbus
Nssbus7
Jsbus
Ssbus
Amb
Ratbs
syysr
gms
Gsl
Syees
Gsbus
Pbu
Ddhbs

Rsb
Sbs
Rgs
Rgu
Wsp
Ksm
Asm
Pvg
Sls
Tsm
Rgu
Bbu
Hal
Vor
Ssm
Gst
nsb
Ggd
Bbbpu

Abd
Jmb
Rmb
Bml
Rpp
bbt
Ptm
Gsb
sab
Jmb
Pls
Syp
Mks
दाङ । दाङको घोराही उपमहानगरपािलका वडा नम्बर १५ मा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले प्रयोगात्मक रुपमा घोराही बजारको विभिन्न चोक चोकमा गरेको ब्यबसायबाट भएको आम्दानिले घोराही १६ तेरौटेमा रहेको बृद्धाआश्रममा खाद्यान्न सहयोग गरेका छन् ।
सैदान्तिक शिक्षा मात्र नभएर ब्यबहारीक शिक्षाको पनि अनुभव गराउन स्कुलले विद्यार्थीहरुलाई ब्यबसायमा खटाएको थियो घोराहीमा रहेको गुरुकुल एकेडेमीले पढाईसंगै ब्यबहारीक शिक्षा दिने गरी प्रयोगात्मक कक्षाको ब्यबसाय थियो । कक्षा ११ ब्यबस्थापन संकायमा अध्यनरत विद्यार्थीहरु यो कृयाकलापमा सहभागी भएका थिए ।
विद्यार्थीले आफ्नै लगानिमा यो ब्यबसाय संचालन गरेका हुन् । जसबाट फाइदा आएको रकम आज एक कार्यक्रम गरी बृद्धाआश्रममा खाद्यान्न सहयोग गरेका हुन् । शिक्षासंगै ब्यबहारीक ज्ञान प्रदान गर्ने यो प्रयोगात्मक कक्षामा आफुहरु सफल भएको र जुन उद्धेश्य लिएर काम गरीएको थियो त्यो पुरा भएको विद्यालयका शिक्षक तथा प्लस टु ब्यबस्थापन संयोजक कृष्णदेव थापाले बताउनु भयो ।
पढाईपछि भबिष्यमा सबै विद्यार्थीहरु केहि न केहि पेशामा लाग्ने भएको हुँदा र कुनै विद्यार्थीहरु ब्यापारमा पनि लाग्ने भएको हुँदा ब्यापारमा नाफा, घाटा कसरी हुन्छ र लगानी कसरी गर्ने र कसरी सफलता प्राप्त गर्ने भन्ने कुरालाई प्रतक्ष्य रुपमा जानकारी मिलोस भनेर आज यो ब्यबसायको प्रयोगात्मक शिक्षा दिइएको विद्यालयका प्लस टु प्रमुख निमानन्द गैलेले बताउनु भयो ।
यसरी विभिन्न संघ संस्थालाई संस्था चलाउन निकै सजिलो भएको बृद्धाआश्रम संचालक समितिका अध्यक्ष भुपाल गिरीले बताउनु भयो । कक्षा १२ मा अध्यणरत छात्रा स्विकृति आचार्यको अधयक्षता तथा बृद्धाआश्रमका अध्यक्ष भुपाल गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजिकरण गुरुकुल एकेडेमीका प्लस टु संयोजक निमानन्द गैरेले गर्नु भएको थियो । कार्यक्रममा कक्षा १२ का विद्यार्थी गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसी,ब्यबस्थापन संयोजक कृष्णदेव थापा लगायतको उपस्थिति रहेको थियो ।

